च्याम्पियन–सपना फेरि अधुरै,फाइनल ३–१ ले जित्दै बंगलादेश बन्यो नयाँ च्याम्पियन

असोज ४, काठमाडौँ । दशरथ रंगशाला परिसरमा सोमबार बिहानैदेखि चहलपहल थियो । छैटौं साफ महिला च्याम्पियनसिपको फाइनल खेल हेर्न टिकट काट्नेको लस्कर ९ बजे सुरु भइसकेको थियो । केहीबेरमै भीआईपीतर्फको टिकट पाउन छाड्यो । दिउँसो ३ बजे लगभग टिकट बिक्री बन्द भयो । १५ हजार दर्शक क्षमताको रंगशालाको प्यारापिट ४ बजे भरिइसकेको थियो । यसबीच ठूलो वर्षा भयो । तर, ‘फुटबल फ्यानहरू’ झरीमै रंगशाला प्रवेश गर्न गेटमा लामबद्ध थिए । खेल सुरु हुने बेलासम्म गेटबाहिर रु। ३ सयको टिकटका लागि १ हजारसम्म तिर्न तयार दर्शक प्रशस्तै देखिए ।  

पुरा पढ्नुहाेस्