छैटौँ टी–२० क्रिकेटमा इङ्ग्ल्यान्डले पाकिस्तानलाई ८ विकेटले हरायो

असोज १५, काठमाण्डौ । घरेलु टोली पाकिस्तानसँगको छैटौँ टी–२० क्रिकेटमा इङ्ग्ल्यान्ड ८ विकेटले विजयी भएको छ । लाहोरमा गएराति भएको खेलमा पाहुना टोली इङ्ग्ल्यान्ड विजयी भएसँगै ७ खेलको शृङ्खलामा ३–३ को बराबरी भएको छ । पाकिस्तानले दिएको १ सय ७० रनको लक्ष्य इङ्ग्ल्यान्डले १४ ओभर ३ बलमा २ विकेट गुमाएर भेट्टायो । इङ्ग्ल्यान्डका फिल साल्टले अविजित ८८ रनको अर्धशतकीय पारी खेले । उनको यो टी–२० आई करिअरकै उत्कृष्ट प्रदर्शन हो । एलेक्स हेल्स २७ रनमा तथा डाविड मालन २६ रनमा आउट भए । बेन डुकेटले अविजित २६ रन जोडे ।…

पुरा पढ्नुहाेस्