प्रि-बजेटमाथि छलफल, यी हुन् बजेटका सिद्धान्त र प्राथमिकता (पूर्णपाठ)

जेठ ४, काठमाडौँ । संसदको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक (बजेट)का सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफल आजबाट सुरु हुदै छ । छलफलको लागि जेठ ४ र ५ गतेको दिन तोकिएको छ । आजको बैठक दिउँसो १ बजे बस्नेछ । प्रतिनिधिसभाको हिजोको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले “आर्थिक वर्ष २०७९/८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस्”, भनी प्रस्ताव पेश गरेका थिए । बिनियोजन विधयेक (बजेट)को सिद्धान्त र प्राथमिकता पेश गर्दै अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट आत्मनिर्भर अर्थतन्त्र र पूर्वाधार…

पुरा पढ्नुहाेस्

रेमिट्यान्स पठाउनेलाई आइपिओमा कोटासहित प्याकेज घोषणाको तयारी

चैत २८, काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले बिदेशमा रहेका नागरिकबाट जतिसक्दो धेरै रेमिट्यान्स भित्र्याउन र नेपाल घुम्न जानुपर्ने बिषयमा प्रवद्र्धनात्मक कार्यक्रम गरी बिदेशी पर्यटकको संख्या बढाउनका लागि पहलकदमी लिन बिदेशस्थित नियोग प्रमुखलाई निर्देशन दिएका छन् । आगामी आबको बजेट निर्माणका लागि सुझाव लिन दुई दर्जन भन्दा बढी राजदुत, कार्यबाहक राजदुत, महाबाणिज्यदुत लगायत विभिन्न देशका नियोग प्रमुखहरुसँग आइतबार दिउँसो भर्चुअल बैठक गर्दै अर्थमन्त्री शर्माले बिदेशी मुद्रा बढाउनुपर्ने र भुक्तानी सन्तुलन सकारात्मक बनाउनु पर्ने दबाबमा सरकार रहेकाले सबै पक्ष मिलेर काम गर्नुपर्ने बताए । ‘हामीलाई यतिबेला बिदेशी मुद्राको संचिति बढाउनुपर्ने दबाब छ…

पुरा पढ्नुहाेस्

सरकारले घटायो बजेटको आकार

माघ २८, काठमाडौँ । सरकारले आलु आर्थिक वर्षको बजेटको आकार घटाएको छ । बिहिबार सरकारले अर्धवार्षिक समीक्षा गर्दै प्रतिस्थापन विधेयकमार्फत सरकारले १६ अर्ब ३२ अर्ब ८३ करोडको बजेट घटाएर १५ खर्ब ४६ अर्ब २८ करोड बनाएको हो । चालू आर्थिक वर्षको आम्दानी र खर्चको संशोधित अनुमान अनुसार चालू आर्थिक वर्षमा १५ खर्ब ४६ अर्ब २८ करोड खर्च हुने संशोधित अनुमानित गरिएको छ । यो रकम कूल विनियोजितको करिब ९४.७ प्रतिशत हो । स्थानिय तह निर्वाचन खर्च, कोरोना विरुद्धको खोप लगायतको खर्च, रासायनिक मल, बेमौसमि वर्षाको क्षतिपूर्ति, अनिवार्य दायित्व, पूर्व सहमति…

पुरा पढ्नुहाेस्

डिजिटल प्रविधिमार्फत् राजश्व चुहावटको घटना बढ्यो : अर्थमन्त्री शर्मा

माघ १९, काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले क्रिप्टोकरेन्सी लगायत भर्चुअल करेन्सीले राजश्व चुहावट भएको बताएका छन् । मंगलबार केन्द्रीय राजश्व चुहावट नियन्त्रण समितिको बैठकलाई भर्चुअल माध्यम मार्फत् सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री शर्माले पछिल्लो समय डिजिटल प्रविधिमार्फत् राजश्व चुहावटका घटनाहरू बढेको बताएका हुन् । ‘क्रिप्टोकरेन्सी, डिजिटल क्यासिनो, डिजिटल नेटवर्किङलगायतका ‘अवैध’ कार्य भइरहेका छन्, यससँगै आय खर्चको गलत घोषणा गर्ने, कानुनको गलत व्याख्या गर्ने, नक्कली बीजक तथा अन्तशुल्क स्टिकरको प्रयोग गर्ने, भन्सारविन्दुको नजिकै गोदाम राखेर चोरी पैठारी गर्ने लगायतका प्रवृत्ति देखिँदै आएका छन्, त्यस्तै भन्सारबाट सुन, चाँदी, विद्युतीय…

पुरा पढ्नुहाेस्

विकास परियोजना र जलवायु परिवर्तनको असर बारे छलफल

कार्तिक ११, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा र विश्व बैंकका प्रतिनिधिहरुबिच भर्चुअल बैठक सम्पन्न भएको छ । बुधवार भएको बैठकमा बिश्व बैंकको सहयोगमा नेपालमा संचालित विकास परियोजनाहरु र जलवायु परिवर्तनको असरका विषयमा छलफल भएको छ । बैठकलाई सम्बोधन गर्दै मन्त्री शर्माले विश्व बैंकको सहयोगमा संचालन हुने उर्जा तथा अन्य पूर्वाधार परियोजना कार्यान्वयनको गति बढाउन सरकारले तदारुकताका साथ काम गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलन ९कोप २६० मा विश्व बैंकको तर्फबाट नेपालको चासो र एजेण्डाहरुको सम्बोधन हुने विश्वास व्यक्त गरे । नेपालले जलवायु परिवर्तनको…

पुरा पढ्नुहाेस्

स्टार्ट–अप व्यवसायमा कर्जा प्रवाह सरल र छरितो बनाउन निर्देशन

असोज २३, काठमाडौं । स्टार्ट–अप व्यवसाय कर्जा प्रवाह कार्यविधि २०७८ सरल र छरितो हुनुपर्ने अर्थमन्त्रीले बताएका छन् । स्टार्ट–अप कर्जा कार्यविधि निर्माणको सम्बन्धमा शुक्रवार अर्थमन्त्रालयमा आयोजित छलफलमा बोझिलो कार्यविधिले स्टार्ट–अप अर्थात नवप्रवर्तनीय व्यवसायको प्रवद्र्धन गर्न नसकिने भएकोले एकदमै सरल र छरितो कार्यविधि बनाउनुपर्नेमा जोड दिइएको हो । छलफलमा अर्थमन्त्री जनार्दन शर्माले दुर्गम वस्तीका युवाहरुले समेत सजिलै स्टार्ट–अप व्यवसाय कर्जा पाउनसक्ने गरी कार्यविधि बनाउन निर्देशन दिए । नयाँ व्यवसाय गर्न चाहने युवाहरु कागज हेरेरै निराश हुने खालको झन्झटिलो कार्यविधि नबनाऔं भन्दै शर्माले संक्षिप्त र सरल कार्यविधि बनाएर कार्यक्रम लागू गर्न आग्रह…

पुरा पढ्नुहाेस्