जीवन विकास लघुवित्तको आईपीओ बाँडफाँट, तपाईको भागमा ११ कित्ता पर्यो ?

असार २३, काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बुधवार बाँडफाँट भएको छ । विक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा विहान ९ः३० बजे आईपीओ बाँडफाँट भएको हो । कम्पनीको आईपीओ योग्य २० लाख १८ हजार ३०८ जनामा गोलाप्रथाको माध्यमबाट बाँडफाँट गरिएको हो । कुल योग्य आवेदकहरु मध्यबाट १ लाख ८४ हजार ८०१ जनाले १० कित्ताका दरले हात पारेका छन् भने यी मध्य ५ जनाले थप एक कित्ताका दरले ११ कित्ता शेयर हात पारेका छन् । कम्पनीले असार ११ गतेदेखि १५ गतेसम्म सार्वजनिक निष्कासन मार्फत १८ लाख ४८ हजार १५…

पुरा पढ्नुहाेस्

जीवन विकास लघुवित्तको आईपीओ आज बाँडफाँड, सेयर पाउने भाग्यमानी कति ?

असार २३, काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज बाँडफाँड हुँदैछ । आईपीओ बिहान ९ः३० बजे निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको कार्यलयमा हुने क्यापिटलले जानकारी दिएको छ । निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको अनुसार अन्तिम दिनसम्ममा २० लाख ८४ हजार ७ सय ६२ जना आवेदकले ३ करोड १२ लाख ६६ हजार २६० कित्ताको लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि माग गरिएकोभन्दा १६.९१ गुणा बढी हो । कम्पनीको आईपीओमा परेको आवेदन हालसम्म कै उच्च पनि हो ।

पुरा पढ्नुहाेस्

जीवन विकास लघुवित्तको आईपीओमा नयाँ रेकर्ड, कहिले हुन्छ बाँडफाँड ?

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा हालसम्म कै उच्च आवेदन परेको छ । २० लाख ८४ हजार ७ सय ६२ जना आवेदकले ३ करोड १२ लाख ६६ हजार २६० कित्ताको लागि आवेदन दिएका छन् । यो मागभन्दा १६.९१ गुणा बढी हो । यो आवेदन संख्या पनि हालसम्मकै उच्च हो ।

पुरा पढ्नुहाेस्

जीवन विकास लघुवित्तको आईपीओमा आज कति पर्यो आवेदन ?

असार ११, काठमाडौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आज माग भन्दा ४ गुणा बढीको आवेदन परेको छ । दिउसोसम्म ७३ लाख ८१ हजार ६० कित्ता सेयरका लागि आवेदन परेको हो । यो मागभन्दा २ गुणा बढी हो । आईपीओ खुलेको पहिलो दिनमै ४ लाख ७३ हजार ५ सय २१ जनाले ७३ करोड ८१ लाख रुपैयाँ बराबरको सेयरका लागि आवेदन गरेका हुन् ।  

पुरा पढ्नुहाेस्

जीवन विकास लघुवित्तको आईपीओ आउँदै, कति कित्ता दिने आवेदन ?

बैशाख २२, काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले १९ करोड ७७ लाख ३० हजार रूपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता साधारण सेयर आईपीओ निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । संस्थाको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ । संस्थाको आईपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा आइआर बीबीबी माइनस’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।  

पुरा पढ्नुहाेस्