जेठ २० गतेदेखि बिन्ध्यबासिनी हाइड्रोपावरले सर्वसाधारणका लागि आईपिओ निष्काशन गर्ने

जेठ १३, काठमाण्डौ । बिन्ध्यबासिनी हाइड्रोपावर कम्पनी लिमिटेडले जेठ २० गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले यस अघि नै आयोजना प्रभावितहरुका लागि आईपीओ बिक्रि गरिसकेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जसमध्ये जारी पूँजीको ४ प्रतिशत अर्थात ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ७५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र १३ लाख ६५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।  

पुरा पढ्नुहाेस्