धनौजीमा २५ राउन्ड हवाई फायर, मतगणना स्थलमा सेना परिचालन

जेठ २, जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकामा मतगणनाका क्रममा झडपको अवस्था आएपछि प्रहरीले २५ राउन्ड हवाई फायर गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रदीप क्षेत्रीले झडप हुन थालेपछि प्रहरीले २५ राउन्ड हवाई फायर गरेको बताए । स्थिति नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रु ग्यास पनि प्रहार गरेको थियो । स्थिति नियन्त्रणमा नआएपछि केही बेरअघि सेना परिचालन गरिएको छ । सेनाले मत गणना स्थलमा सुरक्षा प्रदान गरिरहेको छ । धनौजीमा मतगणनाका क्रममा मत पेटिकामा खसेको मत भन्दा बढी मत भेटिएपछि विवाद सुरु भएको हो ।

पुरा पढ्नुहाेस्

सोलुखुम्बुमा कांग्रेस र माओवादीबीच झडप, एकजनाको मृत्यु

बैशाख ३१, काठमाडौँ । सोलुखुम्बुको सोताङ गाउँपालिकामा दोहोरो झडपमा एक जनाको मृत्यु भएको छ । कांग्रेस र माओवादीका कार्यकर्ताबीच झडप हुँदा शुक्रबार साँझ भएको घटनामा घाइते भएका ३५ वर्षीय सुदिप राईको मृत्यु भएको हो । उनको फाप्लु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कांग्रेस कार्यकर्ताको ढुंगा प्रहारबाट राईको टाउकोमा गम्भीर चोट लागेको थियो । घटनामा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक उमाशंकर प्रसाद शाहले जानकारी दिए । घटनाबारे थप अनुसन्धन भइरहेको उनले बताए ।

पुरा पढ्नुहाेस्

सिरहामा दुई पक्षबीचको झडपमा एकको मृत्यु, एक घाइते

पुस ४, काठमाडौँ । सिरहामा दुई समूहबीच झडप भएको छ । गोलबजार नगरपालिका-६ गोलबजारमा शनिबार राति पौने ८ बजे दुई पक्षबीच छुरा हानाहान भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए । उक्त झडपमा छुरा प्रहारबाट एक जनाको मृत्यु भएको र अर्का एक घाइते भएको बुढाथोकीले जानकारी दिए । झडपमा २६ वर्षीय रामकुमार सदाको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनको उपचारको लागि आरके मेडिसिटी अस्पताल लगिएको थियो । त्यहाँ पुर्‍याए लगत्तै उनलाई चिकित्सकहरूले मृत घोषणा गरेका थिए ।‍ त्यस्तै निकेश सदा गम्भीर घाइते छन् ।…

पुरा पढ्नुहाेस्

भारतमा किसान र प्रहरीबीच झडप, ८३ प्रहरी घाइते,स्थिती तनावग्रस्त

माघ १४ काठमाडौँ । भारतमा किसानको ट्रयाक्टर परेडको क्रममा भएको हिंसामा ८३ प्रहरी घाइते भएका छन् । प्रहरी अधिकारीमाथि आन्दोलनकारी किसानले हमला गरेको दाबी गरेका छन् । समाचार एजेन्सी एएनआईले दिल्ली प्रहरीका प्रवक्ता ईश सिंघललाई उद्धृत गर्दै भनेको छ, ‘केही स्थानमा प्रदर्शनकारी हिंस्रक भए । हिंसामा प्रहरी अधिकारी घाइते भए र सार्वजनिक सम्पत्तिको पनि हानी भयो । एएनआईले एक भिडियो जारी गरेको छ जसमा लाल किलेमा प्रदर्शनकारी र प्रहरीबीच झडप देखिएको छ ।दिल्ली प्रहरीका जोइन्ट कमिश्नर आलोक कुमारले प्रहरीमाथि हमला गर्नेमाथि कारवाही हुने जानकारी दिएका छन् । उता संयुक्त किसान…

पुरा पढ्नुहाेस्