टौदहमा हाइकु यात्रा सम्पन्न

बैशाख २४,काठमाडौँ । नेपाल हाईकु केन्द्रको आयोजनमा टौदहमा ‘ऋतुगत हाईकु यात्रा’ सम्पन्न भएको छ ।वशन्त ऋतु र मच्छिन्द्र नाथको रथ यात्राको सन्दर्भ जोडेर शनिवार टौदहमा आयोजित ‘ऋतुगत हाईकु यात्रा’  २० जना हाइजिनहरुले त्यहाँको प्राकृतिक वातावरणमा विचरण गर्दै स्थलगत रुपमै हाइकु रचना गरि  बाचन समेत गरेका थिए । कार्यक्रमको शुभारम्भमा बरिष्ठ साहित्यकार, हाँस्यब्यङ्ग लेखक तथा नेपाल हाईकु केन्द्रका अध्यक्ष रामकुमार पाँडेले हाइकुको बिकास र विस्तार जापनबाट भएको भए पनि अहिले यसको विश्वब्यापी लोकप्रियता रहेको बताए। प्राकृतिक बिम्ब प्रयोग गरी १७ अक्षरमा लेखिने खँदिलो साहित्य भएकाले यसको सिर्जना गर्न साधना नै हुनुपर्ने…

पुरा पढ्नुहाेस्