ट्रम्प शैलीले कांग्रेस महाधिवेशन अनिश्चित : वरिष्ठ नेता पौडेल

कार्तिक २, धादिङ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको महाधिवेशनविना देशमा कुनै पनि निर्वाचन सम्भव नरहेको भएका छन् । कांग्रेसको पहिलो काम महाधिवेशन सम्पन्न गरी पार्टीलाई वैधानिक संकटबाट जोगाउनु रहेको उनले बताए । ‘कोही पनि द्विविधामा नपर्नु, वैधानिकता प्राप्त नगरेको पार्टीले टिकट बाँडे पनि मान्य हुनेछैन । त्यसैले कांग्रेसको पहिलो काम महाधिवेशन सम्पन्न गर्नु हो,’ पौडेलले भने । कांग्रेस सभापतिका लागि आकांक्षी धेरै भए पनि आपसी छलफलबाट एकजना मात्र उम्मेदवार अगाडि बढाउने पौडेलले बताए । उनले भने, ‘बाहिर जे–जस्तो हल्ला भए पनि हामी सामूहिक नेतृत्वको पक्षमा छौँ । कांग्रेसमा…

पुरा पढ्नुहाेस्