डब्ल्यूएचओको महानिर्देशकमा गेब्रेयसस पुनः निर्वाचित

जेठ ११, काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को महानिर्देशकमा डा. ट्रेडोस अधानोम गेब्रेयसस पुनः नियुक्त भएका छन् । डब्ल्यूएचओका सदस्यराष्ट्रले आगामी पाँच वर्षे कार्यकालका लागि उनलाई महानिर्देशकमा चयन गरेका हुन् । पहिलो कार्यकाल सकिएपछि जेनेभामा भएको ७५औँ विश्व स्वास्थ्य सम्मेलनबाट उनी अर्को कार्यकालका लागि निर्वाचित भए । गेब्रेयसस पहिलो पटक सन् २०१७ मा डब्ल्यूएचओको महानिर्देशक निर्वाचित भएका थिए । दोस्रो कार्यकालको लागि सदस्य राष्ट्रहरूले प्रदान गरेको अवसरबाट आभारी रहेको भन्दै उनले स्वास्थ्य प्रवर्द्धन गर्ने, विश्वलाई सुरक्षित राख्ने र जोखिममा परेकालाई सेवा गर्ने आफ्नो मिसनलाई विश्व स्वास्थ्य संगठनले पूरा गरेको बताएका…

पुरा पढ्नुहाेस्