तिलोत्तमामा गठबन्धनले सबै सडक नगरपालिकाकै बजेटमा कालोपत्रे गर्ने

बैशाख २२,बुटवल । रुपन्देहीको तिलोत्तमामा गठबन्धनले सबै सडक नगरपालिकाकै बजेटमा कालोपत्रे गर्ने योजना तयार पारेकोे छ । हाल कायम रहेको ६०–४० प्रतिशत लगानीको प्राबधान खारेज गर्दै नगरका सबै भित्रि सडक कालोपत्रे गर्दा उपभोक्ताबाट रकम नउठाइने र नगरकै लगानीमा निमार्ण गरिने कांग्रेसका मेयर पदका उम्मेदवार रामकृष्ण खांणले बताए । ‘हामी जनताको सेवामा जुटेका र्छौ,यसअघिको सरकारले काम भन्दा गफ नै लगाएर प्रचारमात्र गर्यो,हामी काम गरेर देखांउछौं ।’— उनको भनाइ छ । यहि बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा माओबादी केन्द्रको गठबन्धनले संयुक्त घोषणापत्रमै यो कुरा उल्लेख…

पुरा पढ्नुहाेस्