तीनवटा ट्रक तर्ने क्रममा अरुण नदीमा निर्माण गरिएको बेलिब्रिज भाँचियो

फागुन १, संखुवासभा । जिल्लाको मकालु गाउँपालिका-५ र १ जोड्ने बेलिब्रिज भाँचिएको छ । मकालु-५ को नुम र वडा नम्बर-१ वालुङ जोड्ने अरुण नदीमा निर्माण गरिएको बेलिब्रिज भाँचिएको हो । शनिबार दिउँसो निर्माण सामग्री बोकेको लोवेट तार्ने क्रममा बेलिब्रिज भाँचिएको मकालु गाउँपालिका-५ का कार्यपालिका सदस्य पुरन याम्फुले जानकारी दिए । निर्माणाधीन इप्सुवा हाइड्रो पावर कम्पनीको निर्माण सामाग्री लिएर गएको तीन वटा लोवेट ट्रक पुल भाँची पछि अरुण नदीमा खसेको कार्यपालिका सदस्य याम्फुले बताए । ट्रकमा सवार चालक र सहचालक भने सकुलनै रहेको छन् । अरुण नदीको बेलिब्रिज भाँचिएपछि आवतजावत ठप्प…

पुरा पढ्नुहाेस्