थाक्रेमा एमालेबाट पन्त र आचार्यको उम्मेद्धारी परेपछि तनाव ! के भन्छ निर्वाचन अधिकृतको कार्यालय ?

बैशाख १२,धादिङ । स्थानीय तहको निर्वाचनमा थाक्रे गाँउपालिकाबाट गाँउपालिका अध्यक्षमा एमालेको २ जनाको उम्मेद्धारी परेपछि तनाव सिर्जना भएको छ । नेकपा एमालेको तर्फबाट सुरुमा पार्टीको पालिका अध्यक्ष समेत रहेका कृष्ण पन्तले उम्मेद्धारी दिएका थिए । पन्तलाई नेकपा एमाले जिल्ला कमिटीको पदाधिकारी बैठकले थाक्रेमा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको थियो । त्यसलगतै निवर्तमान गाँउपालिका अध्यक्षसमेत रहेका रामकुमार आचार्यले पनि उम्मेद्धारी दिएपछि तनाव सिर्जना भएको हो । एमालेका कार्यकर्ताले थाक्रे निर्वाचन अधिकृतको कार्यालयमा कृष्ण पन्तको उम्मेद्धारीलाई बैधानिक गर्नुपर्ने मागसहित यतिबेला धर्ना र जुलुस गरिरहेका छन् । आजै थाक्रेमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका…

पुरा पढ्नुहाेस्