टेस्ट क्रिकेटमा भारतको अग्रता , दक्षिण अफ्रिका ७० रनले पछाडी

पुस २९, काठमाडौ । भारतले दक्षिण अफ्रिकासँगको तेस्रो तथा निर्णायक टेस्ट क्रिकेटमा ७० रनको अग्रता बनाएको छ । तीव्र गतिका बलर जस्प्रित बुमराहको उत्कृष्ट बलिङमा भारतले दोस्रो दिनको समाप्तिमा दुई विकेट गुमाएर ५७ रन जोडेको छ । भारतका कप्तान विराट कोहली १४ र चेतेश्वर पुजारा ९ रनमा अविजित छन् । पहिलो पारीमा भारतले १३ रनको सामान्य अग्रता लिएको थियो । मयंक अग्रवाल ७ रनमा र लोकेश राहुल १० रनमा आउट भए । घरेल टोली दक्षिण अफ्रिका पहिलो पारीमा २ सय १० रनमा अलआउट भएपछि १३ रनले पछि परेको थियो ।…

पुरा पढ्नुहाेस्