रोकिएका कामदार कोरिया जाँदै, नयाँ कामदारका विषयमा भने मौन

कार्तिक १०, काठमाडौँ । करिब बीस महिनादेखि रोकिएका नेपाली कामदार दक्षिण कोरिया जाने भएका छन् । पुराना कामदारलाई लैजाने व्यवस्था गरेसँगै रोकिएका कामदार जान लागेका हुन् । कोरियामा चार वर्ष काम गरी नेपाल फर्केका कामदार कोरिया प्रवेश पाउने व्यवस्था कोरिया सरकारले गरेपछि नेपालबाट एक सय १९ जना कामदार जान लागेका छन् । जसमध्ये बुधबार पहिलो चरणमा ४८ कामदार कोरिया जान लागेका छन् । उनीहरुलाई दिउँसो ३ बजे मन्त्रालयका अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्ने कार्यक्रम छ । कोरियामा चार वर्ष काम गरी फर्केका एक सय १९ जना कामदार रहेको कोरिया…

पुरा पढ्नुहाेस्

दक्षिण कोरियामा कोभिड सङ्क्रमितको संख्या बढ्दै

फागुन ३ काठमाण्डौ । दक्षिण कोरियामा कोरोना भाइरस (कोभिड–१९) का सङ्क्रमितहरु पछिल्लो समयमा बढ्न थालेका छन् । स्वास्थ्य अधिकारीहरुले सङ्क्रमित हुनेहरुको संख्या पछिल्ला हप्ताहरुमा बढ्दै गएको देखिएको बताएका छन् । प्राप्त समाचारअनुसार गत २४ घण्टामा थप ३४४ जनामा कोरोना भेटिएको बताइएको समाचारमा जनाइएको छ । गएको २४ घन्टामा देखिएको यो संख्या केही दिन यताकै धेरै रहेको बताइएको छ । यो सँगै यहाँका सङ्क्रमितहरुको संख्या ८३ हजार ८६९ जना पुगेको बताइएको छ । पछिल्लो हप्ता हरेक दिन कम्तीमा एक सयजना जति सङ्क्रमित थपिएका पनि बताइएको छ । उनीहरुमध्ये अधिकांश विदेशबाट आएका…

पुरा पढ्नुहाेस्

जनावरमा पनि देखियो पहिलोपटक कोरोना सङ्क्रमण

माघ १४ काठमाडौँ । दक्षिण कोरियामा पहिलोपटक जनावरमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । ख्याङ्सान जिन्जुस्थित एक बस्तीमा रहेको एक घरपालुवा बिरालोमा कोरोना भाइरस सङ्क्रमण देखिएको हो । दक्षिण कोरियामा मानिसबाहेक जनावरमा कोरोना सङ्क्रमण भेटिएको यो पहिलो घटना हो । पछिल्लो समय उक्त बस्तीमा कोरोना महामारी फैलिएको थियो । उक्त स्थानमा कन्ट्याक्ट ट्रेसिङका आधारमा परीक्षण गर्दा बिरालोमा समेत सङ्क्रमण पाइएको हो । उक्त बिरालो पाल्ने परिवारका तीन सदस्यमा पनि भाइरस पुष्टि भएको छ । यहाँ मानिसबाहेक अन्य जनावरमा समेत भाइरस देखा परेपछि सबैलाई सचेत रहन दक्षिण कोरिया सरकारले आग्रह…

पुरा पढ्नुहाेस्