दशैँको टीका लगाउन जानेहरु बढेसँग काठमाडौंमा पुनः चहलपहल सुरु

आश्विन ३०, काठमाडौ । मान्यजनको हातबाट दशैँको टीका लगाउन जानेहरु बढेसँग काठमाडौंमा पुनः चहलपहल बढ्न थालेको छ । शुभ साइतमा घरमा टीका लगाएर आफन्तकोमा जाने क्रम बढेसँगै काठमाडौं उपत्यकाका सडकमा मानिसहरुको चहलपहल बढ्न थालेको हो । विजया दशमी पछी कोजाग्रत पुर्णिमासम्म रातो टीका र पहेँलो जमरा लगाएर देशभर चहलपहल हुने गर्दछ । असत्यमाथि सत्य र आसुरीक शक्तिमाथि दैविक शक्तिले विजय पाएको दिनको रुपमा विजया दशमी मनाउने चलन रहेको छ । आजका दिन परिवारका ठूलो सदस्यहरुबाट टीका तथा जमरा लगाइने चलन छ। आम सर्वसाधारणहरु बडा दशैँ मनाउन काठमाडौंबाट गाउँ फर्किएसँगै महाष्टमीदेखि…

पुरा पढ्नुहाेस्