दसैँका लागि ५० हजार खसीबोका र भेडाच्याङ्ग्रा निर्यात

आश्विन १६,सुर्खेत । कर्णाली प्रदेशबाट यो वर्ष दसैँका लागि ५० हजार खसीबोका र भेडाच्याङ्ग्रा निर्यात भएको छ । प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको पशुपक्षी विकास निर्देशनालयका अनुसार उक्त संख्याका खसीबोका र भेडाच्याग्रा निर्यात हुँदा रु ६० करोडभन्दा बढी रकम भित्रिएको निर्देशनालयका सूचना अधिकारी मोहन गिरीले जानकारी दिए । उनले भने, “स्थानीय र प्रदेश सरकारले विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गरी किसानलाई आकर्षित गर्ने प्रयास गरेकाले पनि पशुपालन व्यवसाय बढेका छन्, त्यसैले उत्पादन पनि बढेको छ ।” अहिले प्रदेशका चारबटा नाका सुर्खेतको कर्णाली चिसापानी कुइने र हर्‍यै, सल्यानको कालिमाटी काल्चे…

पुरा पढ्नुहाेस्