दाङमा साथीले बोकेको बन्दुक पड्किंदा एक जनाको मृत्यु

जेठ १४, दाङ । दाङमा सिकार खेल्न गएका एक जनाको बन्दुकको गोली लागेर मृत्यु भएको छ। बंगलाचुली गाउँपालिका र लमही नगरपालिकाको सिमानामा पर्ने जंगलमा साथीले बोकेको बन्दुक पड्किदा एक जनाको मृत्यु हो । मृत्यु हुनेमा लमही नगरपालिका १ निवासी भागबहादुर पुन रहेका छन् । पुन शुक्रबार दिउँसो साथीहरुसँग सिकार खेल्न गएका थिए । उनीसँगै सिकार खेल्न गएका साथीले बोकेको बन्दुक पट्किंदा उनको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख सुरेश काफ्लले बताए ।

पुरा पढ्नुहाेस्