आज गणतन्त्र दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

जेठ १५,काठमाडौँ । आज गणतन्त्र दिवस । देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । गणतन्त्र घोषणा भएको १४ वर्ष पूरा भइ १५ वर्ष लागेको छ । जननिर्वाचित पहिलो संविधान सभाबाट २०६५ साल जेठ १५ गते निरङ्कुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको घोषणा भएको थियो। २०६३ साल वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले आन्दोलनरत दलको मार्गचित्रबमोजिम २०५९ साल जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना गरे। गणतन्त्र स्थापनाका लागि यही आन्दोलन जगका रूपमा स्थापित भयो। संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण चुनाव हुन सकेन। चुनाव नभएपछि…

पुरा पढ्नुहाेस्