धनुषा-१ मा समाजवादी पार्टीका उम्मेदवार दीपक कार्की विजयी

मंसिर ११, काठमाण्डौ । धनुषा निर्वाचन क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टीका उम्मेदवार दीपक कार्की विजयी भएका छन् । उनले २७ हजार ४३२ मत प्राप्त गरी विजयी भएका हुन् । कार्कीले नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका उपमहासचिव मातृकाप्रसाद यादवलाई पाँच हजार ९४८ मतको मतान्तरले पराजित गर्दै विजयी भए । त्यस्तै, तेस्रो स्थानमा जनमत पार्टीका किशोरी साहले १४ हजार ४६८ मत ल्याए ।

पुरा पढ्नुहाेस्