नौबिसेमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु, राजमार्ग अबरुद्ध

असोज २२, काठमाडौं । धादिङमा बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । गल्छीबाट काठमाडौँ आउँदै गरेको बसले ठक्कर दिँदा धादिङ धुनिबेसी ७ का ५४ बर्षिय ज्ञानसागर लामाको घटनास्थलमै मृत्यु भएको हो । लामाले बाटो काट्दै गर्दा बा ५ ख ६१५१ नम्बरको बसले ठक्कर दिएको प्रहरीले जनाएको छ । लामाको मृत्युभए पछि स्थानियले पृश्वी राजमार्ग अबरुद्ध गरेका छन् । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पुरा पढ्नुहाेस्