धादिङमा सडक खन्ने क्रममा पहिरो जाँदा तीन जना बेपत्ता

पुस २९,धादिङ । धादिङमा सडक खन्ने क्रममा पहिरो जाँदा तीन जना बेपत्ता भएका छन् । रुबीभ्याली गाउँपालिका–१ पुरु नजिकै तिप्लीङको लबदुङबाट लिङ्जोतर्फ जाने सडक खन्ने क्रममा पहिरो जाँदा डोजरसहित तीन जना बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा डोजर चालक, सहचालक र एक जना बाटो समितिका पदाधिकारी रहेका तिप्लीङका शिक्षक नरबहादुर घलेले बताएका छन् । बेपत्ताको परिचय खुल्न सकेको छैन । घटनाको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी जागेश्वर भण्डारीले बताए। रासस

पुरा पढ्नुहाेस्