धादिङ-१ मा राजेन्द्र पाण्डेको जित सुनिश्चित, त्रिपाठीभन्दा ५ हजार १६ मतान्तरले अगाडी !

मंसिर ८, काठमाडौं । धादिङ क्षेत्र नं १ मा एकिकृत समाजवादीका राजेन्द्र प्रसाद पाण्डे ५ हजार १६ मतान्तरले अग्र स्थानमा छन् । उनले २६ हजार ८२९ मत पाएका छन् भने उनका निकटतम प्रतिद्धन्दी एमालेका भुमि त्रिपाठीले २१ हजार ८१३ मत प्राप्त गरेका छन् । यसै गरी, कमेडियन हिमेश पन्तले ११ हजार ३७० मत प्राप्त गरेका छन् । सो क्षेत्रमा जम्मा ८० हजार २६ मत खसेको छ भने हालसम्म ६३ हजार ८०३ मत गणना भएको छ । त्यस्तै, धादिङ २ मा कांग्रेसका रामनाथ अधिकारी एमालेका खेम प्रसाद लोहनी भन्दा ८ हजार…

पुरा पढ्नुहाेस्

धादिङ १ मा राजेन्द्र पाण्डेको अग्रता निरन्तर

मंसिर ७,काठमाडौँ । धादिङ क्षेत्र नं. १ को मतगणना जारी छ । प्रतिनिधी सभा तर्फ गल्छि गाउँपालिकाको मतगणना सकिएपछि थाक्रे गाउँपालिकाको ५ वटा वडाको मतगणना सम्पन्न भएको हो । थाक्रे गाउँपालिका वडा नम्बर १, २,५,९ र ११ को मतगणना हुँदा एकिकृत समाजवादीको उम्मेदवार राजेन्द्र पाण्डेको अग्रता छ । उक्त वडाहरुमा पाण्डेले ३०९३ मत लेराएका छन् भने एमालेका उम्मेदवार भुमि त्रिपाठीले २९१७ मत लेराएका छन् ।यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले ९५६ मत लेराएका छन् । यस्तै अन्य साना दल तथा स्वतन्त्र उम्मेदवारले ३०० मत लेराएका छन् भने २१८ मत बदर…

पुरा पढ्नुहाेस्

धादिङ-१ मा राजेन्द्र पाण्डे अघि लागे, हिमेशको मत कति ?

मंसिर ६,धादिङ । धादिङ क्षेत्र नम्बर १ मा मतगणना जारी छ । ताजा परिणाम अनुसार नेकपा एकिकृत समाजवादीका उम्मेदवार राजेन्द्र पाण्डे ५ हजार ३ सय ७१ मत ल्याएर अग्रता कायम गरिरहेका छन् । भने नेकपा एमालेका उम्मेदवार भुमि त्रिपाठी ५ हजार १ सय ८८ मत ल्याएर पाण्डेलाई पछ्याइरहेका छन् । पाण्डे र त्रिपाठीको मतान्तर १ सय ८३ रहेको छ । त्यसैगरी यो क्षेत्रमा रास्वपाका उम्मेदवार हिमेश पन्तले १५ सय ६५ मत ल्याएका छन् ।

पुरा पढ्नुहाेस्