धुनिवेशीलाई १ बर्षभित्रमा बालमैत्री स्थानीय तह घोषणा गरिने

जेठ १०,धादिङ । धुनिवेशी नरगपालिकाले १ बर्षभित्रमा बालमैत्री स्थानीय तह घोषणा गर्ने भएको छ । नवनिर्वाचित नगरप्रमुख बालकृष्ण आचार्यले सोमबार पदभार ग्रहण गरेपछि सो निर्णय गरेका हुन् । नगरपालिकाले एक बर्षभित्र बालमैत्री स्थानीय तह निर्माण गर्न सबै किसिमको कार्य अघि बढाएको नगरप्रमुख आचार्यले बताए । नगरपालिकामा बालमैत्री स्थानीय तह कार्यान्वयन निर्देशिका अनुसार बाल अधिकारका चार पक्ष बाल बचाउ,बाल संरक्षण,बाल विकास र बाल सहभागिता रहेका छन् । बालमैत्री स्थानीय तह घोषणा गर्न गैरविभेदिकरण,बालबालिकाको सर्वोत्तम हित,बालबालिकाको सर्वाङ्गिण विकास,बालबालिकाको सहभागिता र विचारको सम्मान,सन्निकटताको सिदान्त,समाविशेीकरणको सिदान्त,समुदायका आधारित विकासको सिदान्त लगायत निर्देशक सिदान्त रहेका छन्…

पुरा पढ्नुहाेस्