धुनीवेशीको टोल-टोलमा प्रदेश सरकारको बजेट: ३० करोड २० लाख विनियोजन (कुन योजनालाई कति ?)

असार ३,धादिङ । बागमती प्रदेश सरकारले धुनिवेशी नगरपालिकाको लागि मात्रै ३० करोड २० लाख बजेट बिनियोजन गरेको छ । पुर्वाधार विकास, शिक्षा,स्वास्थ्य,कृषि,खानेपानी,सडकको क्षेत्रमा ३० करोड २० लाख बजेट बिनियोजन गरेको हो । असार १ गते बुधबार बागमती प्रदेश सरकारले बजेट ल्याएको थियो । सम्भव भए सम्म धुनीवेशीको हरेक वडाहरुमा समानुपातिक रुपमा बजेट योजना विनियोजन गर्न प्रयास भएको मुख्यमन्त्री राजेन्द्र पाण्डेका प्रमूख स्वकीय सचिव ई.उमेश रुपाखेतीले जानकारी दिए । मुख्यमन्त्री कार्यालयले यस पटक छुटेका योजनाहरु तथा हाल प्रस्तावित योजनाहरुमा नगरपालिकाबाट थप बजेट विनियोजन गरी काम गर्दा जनताले अनुभुत गर्ने सकारात्मक परिवर्तन…

पुरा पढ्नुहाेस्