नाटककार प्रचण्ड मल्लको निधन

पुस २,काठमाडौँ । ख्यातिप्राप्त नाटककार प्रचण्ड मल्लको निधन भएको छ। केही समयदेखि अस्वस्थ उनको उपचारको क्रममा मिनभवनस्थित सिभिल अस्पतालमा निधन भएको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्माले जानकारी दिए । उनका अनुसार मल्लको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ। अन्तिम संस्कार अघि साढे तीन बजेदेखि उनको पार्थिव शरीर आर्यघाट परिसरमै अन्तिम श्रद्धाञ्जलीका लागि राखिने शर्माले बताए ।

पुरा पढ्नुहाेस्