रहेनन् पूर्वन्यायाधीश भैरवप्रसाद लम्साल

कार्तिक ११, काठमाडौं । सर्वोच्च अदालतका पूर्वन्यायाधीश भैरवप्रसाद लम्सालको निधन भएको छ । उनको ८४ वर्षको उमेरमा निधन भएको हो । लम्सालको चाबहिलस्थित मेडिकेयर अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । मुटुमा समस्या भएपछि उनलाई तीन दिनदेखि आईसीयूमा राखिएको थियो । उनी लामो समयदेखि मुटुको समस्याबाट पीडित थिए । लम्साल २०५८ सालमा गठित सम्पत्ति छानबिन आयोगका अध्यक्ष थिए ।

पुरा पढ्नुहाेस्