बढ्दै निपाह जोखिम, सचेत रहन स्वास्थ्य मन्त्रालयको आग्रह

भदौ २९, काठमाडौं । भारतमा निपाह भाइरसको सङ्क्रमण देखिन थालेपछि नेपालमा पनि सचेत रहन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले भारतमा यस प्रकारको भाइरसको सङ्क्रमण देखिएकाले नेपालमा पनि फैलिन सक्ने भएकोले सचेत रहन आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले भारतसँग खुला सिमा भएकाले यहाँ पनि फैलिनसक्ने भएकाले सचेत रहन आग्रह गरिएको बताए । भारतको केरला राज्यमा केही दिनदेखि एनआईभी भनिने निपाह भाइरसको सङ्क्रमण देखिएको छ । उनका अनुसार नेपालमा अहिलेसम्म उक्त भाइरसका सङ्क्रमित फेला परेका छैनन् । निपाह भाइरस एक प्रकारको पशुबाट मानिसमा सर्ने…

पुरा पढ्नुहाेस्