आयोगले तोक्यो प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्ने समय

असोज १८, काठमाडौँ । निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेशसभाको प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्ने समय निर्धारण गरेको छ । आयोगले प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन पत्र दर्ता गर्न असोज २३ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म समय तोकेको हो । यस्तै, सोही दिन पाँच बजे देखि ६ बजे सम्म उम्मेदवारीको सूची प्रकाशित गर्नेसमेत आयोगले जनाएको छ । असोज २४ र २५ गते दुई दिन ३ बजे देखि ५ बजेसम्म मनोनयन पत्र र उजुरी उपर जाँचबुझका लागी समय तोकिएको आयोगले जनाएको छ । उमेद्वारको अन्तिम नामावली भने आयोगले…

पुरा पढ्नुहाेस्

आज समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिन सकिने

असोज १७, काठमाडौं । आगामी मंसिर ४ गते हुने निर्वाचनमा समानुपातिक तर्फको बन्दसूचीमा सूचीकृत उम्मेदवारले आज आफ्नो नाम फिर्ता लिने कार्यतालिका छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचनका लागि दलहरुले हिजोसम्ममा पेश गरेको संशोधित बन्दसूचीबाट आफ्नो नाम हटाउन चाहने उम्मेदवारले आज आयोगमा निवेदन दिन सक्नेछन् । आयोगले निवेदनका लागि बिहान १० बजेदेखि १२ बजेसम्मको समय निर्धारण गरिएको छ । आफ्नो नाम सूचीबाट हटाउन चाहने उम्मेदवारको निवेदन परेमा आयोगले आजै दिउँसो १ बजेदेखि ३ बजेसम्ममा सम्बन्धित दललाई जानकारी दिने कार्यतालिका छ । उम्मेदवारले नाम फिर्ता लिएका कारण रिक्त हुन…

पुरा पढ्नुहाेस्

पालिकामा नयाँ जनप्रतिनिधिको कार्यकाल सुरु

जेठ ६, काठमाडौँ । स्थानीय तहमा नयाँ जनप्रतिनिधिको कार्यकाल सुरु भएको छ । २०७४ मा निर्वाचित जनप्रतिनिधिहरुको कार्यकाल बिहीबार राति सकिएको र नयाँ जनप्रतिनिधिहरुको कार्यालय शुक्रबारबाट सुरु भएको निर्वाचन आयोगले बताएको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले सबै ठाउँको नतिजा नआए पनि नयाँ जनप्रतिनिधिहरुको कार्यकालको गणना शुक्रबारदेखि नै हुने बताए । उनले निर्वाचन सम्पन भएर मतगणना सम्पन्न भएका स्थानमा आजैको मितिदेखि लागू हुने गरी सात दिनभित्र सपथ ग्रहण गराइसक्न मुख्य निर्वाचन अधिकृतलाई अनुरोध गरिसकेको बताए । विधानतः पालिकामा जनप्रतिनिधिविहीन हुन नहुने र पद रिक्त हुँदा सेवाग्राहीका काम प्रभावित…

पुरा पढ्नुहाेस्

६१९ पालिकाको अन्तिम नतिजा सार्वजनिक

जेठ ६, काठमाडौँ । निर्वाचन आयोगले शुक्रबार बिहानसम्म ६१९ स्थानीय तहको अन्तिम नतिजा घोषणा गरेको छ । जसमा नेपाली काँग्रेसले सबैभन्दा धेरै स्थानीय तह जित्दै पहिलो स्थान हासिल गरेको छ । स्थानीय तहमा २०० प्रमुख र ४१९ अध्यक्ष पदको मतपरिणाम घोषणा हुँदा काँग्रेसले प्रमुख ९९ र अध्यक्ष पद १७६ स्थानमा जित हासिल गरेको छ । अझै पनि काँग्रेस ३२ प्रमुख पद र ११ अध्यक्ष पदमा अग्रस्थानमै छ । यसैगरी नेकपा एमालेले ५७ प्रमुख र ११३ अध्यक्ष पदमा जित हासिल गर्दा २१ प्रमुख र १० अध्यक्षमा अग्रता कायमै राखेको छ ।…

पुरा पढ्नुहाेस्

निर्वाचनमा लापरबाही गर्ने मतदान अधिकृत र कर्मचारीको विवरण माग

जेठ ५, काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा निर्देशिकाविपरीत कार्य गर्ने मतदान अधिकृत तथा अन्य कर्मचारीको विवरण माग गरेको छ । आयोगले स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ तथा स्थानीय तह निर्वाचन (मतदान) निर्देशिका, २०७८ का व्यवस्थाको प्रतिकूल हुनेगरी कामकारबाही गर्ने कर्मचारीको विवरण माग गरेको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बुधबार जारी गरेको को विज्ञप्तिमा मतपत्रमा दस्तखत नगरी मतदातालाई दिने, अर्धकट्टीसहित मतपत्र दिने, अर्कै मसी प्रयोग गराउने, सुरक्षण सिल सही ढंगले नलगाउने, पोलबुकमा स्पष्ट विवरण नराख्ने, मतदाता नामावली विवरणमा स्पष्ट रेजा नलगाउने, मतगणना गर्दा आएको संख्या र कम्प्युटरमा…

पुरा पढ्नुहाेस्

मदिरा सेवन गरेका व्यक्तिले मतदान गर्न नपाउने

बैशाख २९, काठमाडौँ । मदिरा सेवन गरेका व्यक्ति मतदाता नै भए पनि मतदान केन्द्रमा प्रवेश नदिइने भएको छ । निर्वाचन आयोगले मतदाताले मादक पदार्थ सेवन गरेर भोट हाल्न गएकालाई मतदान केन्द्रमा प्रवेश नदिन मतदान अधिकृतलाई भनेको हो। यस्तै मतदाता वा कुनै व्यक्तिले मतदान केन्द्रभित्र मोबाइल, क्यामेरा तथा फोटो खिच्ने सामग्री, सलाई, लाइटर तथा एसिडजस्ता प्रज्ज्वलनशील पदार्थ लग्न नपाइने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार कुनै प्रकारको हातहतियार, नमुना मतपत्र लगायतका कागजात, कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न भएको वा संकेत जानिने वस्तुपनि लग्न पाइने छैन…

पुरा पढ्नुहाेस्

प्रचण्ड र आरजुसँग २४ घण्टे स्पष्टीकरण माग

बैशाख २८, काठमाडौं । निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवासँग स्पष्टीकरण मागेको छ । निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले मंगलबार दुवैसँग २४ घण्टे स्पष्टीकरण मागेको हो । चितवनको भेलामा गठबन्धन उम्मेदवार रेणु दाहाललाई पराजित गराए देश दुर्घटना जान्छ भन्ने अभिव्यक्ति दिएको भन्दै आयोगले प्रचण्डसँग स्पष्टीकरण मागेको हो । मतदातालाई धम्क्याउने उद्देश्यले यस्तो अभिव्यक्ति दिएको भन्दै आयोगमा निवेदन परेको थियो । यस्तै, धनगदीको भेलामा कांग्रेसकी नेतृ देउवालाई कांग्रेसले नजित्ने स्थानीय तहमा बजेट नपठाउने र गठबन्धन उम्मेदवारलाई जिताए निःशुल्क भिसा टिकटको…

पुरा पढ्नुहाेस्

आयोगले आज र भोली मतदाता शिक्षा दिँदै

बैशाख २८, काठमाडौं । निर्वाचन आयोगले बुधबार र बिहीबार मतदाता शिक्षा दिने भएको छ । आयोगले दुई दिन मतदाता परिचयपत्र वितरण गर्नुका साथै मतदातालाई भोट हाल्ने तरिका सिकाउने भएको हो । आयोगले नमूना मतपत्रलगायत पोस्टर, ब्रोसर आदि छपाइ सामग्रीको माध्यमबाट मतदान गर्ने सही तरिकाबारे जानकारी गराउन सबै निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ । आयोगले ७७ जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालय, ६७६ निर्वाचन अधिकृतको कार्यालय, सात प्रदेशका प्रदेश निर्वाचन कार्यालयलाई पत्राचार गरेको छ । आज र भोलि सबै मतदातालाई मतदान गर्ने तरिका सिकाउने र मतदातालाई मतदाता शिक्षासम्बन्धी जानकारी दिएपछि पर्सि…

पुरा पढ्नुहाेस्

आज मध्यरातिदेखि मौन अवधि सुरु, उल्लङ्घन गरे उम्मेदवारी रद्द हुने

बैशाख २७, काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत आज (मंगलबार) रातिदेखि मौन अवधि सुरु हुदैछ । निर्वाचन आयोगका अनुसार मौन अवधि आज राति १२ बजेदेखि मतदान हुने दिनको राति १२ बजेसम्म लागू हुनेछ । उम्मेदवारहरूले आज रातिसम्म मात्रै प्रचार र मत माग्न पाउनेछन् । मंगलबार साँझसम्म सबैले आफ्नो दल र उम्मेदवारको प्रचारप्रसार गरेपनि मौन अवधि सुरु भएपछि निर्वाचनको दिनसम्म नै नपाइने आयोगले जनाएको छ । यस्तै, मौन अवधि सुरु हुनै लाग्दा निर्वाचन आयोगले सामाजिक सञ्जालबाट निर्वाचन आचारसंहिता विपरीतका पोस्ट हटाउन र नयाँ पोस्ट नगर्न निर्देशन दिएको छ । आयोगका प्रवक्ता शालिग्राम…

पुरा पढ्नुहाेस्

आचारसंहिता उल्लंघनमा पाँच पत्रकार सङ्गठनलाई स्पष्टीकरण माग

बैशाख २६, काठमाडौँ । निर्वाचन आयोगले सत्ता गठबन्धन निकट पत्रकार संगठनहरूसँग २४ घण्टे स्पष्टीकरण मागेको छ । आयोगले प्रेस युनियन, प्रेस सेन्टर, समाजवादी प्रेस संगठन नेपाल, नेपाल प्रेस मञ्च र प्रगतिशील पत्रकार संघ नेपालसँग स्पष्टीकरण मागेको हो । संगठनका अध्यक्षहरू बद्री सिग्देल, विष्णु सापकोटा, शम्भु श्रेष्ठ, केशव अर्याल र प्रगतिशीलका सचिव श्यामलाल पोखरेलले हस्ताक्षर गरेको ‘स्थानीय तह निर्वाचन, २०७९ का सन्दर्भमा मतदाताहरूलाई हार्दिक अपिल’ शीर्षकको विज्ञप्ति बारेमा स्पष्टीकरण माग गरेको हो । आयोगले संगठनहरूलाई पठाएको पत्रमा स्वतन्त्र पत्रकारहरुको पेशागत संगठनको तर्फबाट हस्ताक्षरकर्ताहरुले विज्ञप्ति जारी गर्नु निर्वाचन आचारसंहिता विपरीत हुन्छ कि…

पुरा पढ्नुहाेस्