नेपालबाट ओस्कारमा प्रतिनिधित्व गर्ने भयाे ‘ऐना झ्यालको पुतली’

काठमाडौं । सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’ ले अमेरिकामा अर्को वर्ष हुने ओस्कार अवार्डको ९५औं संस्करणका लागि नेपालको प्रतिनिधित्व गर्ने भएकाे छ ।  अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले  ‘ऐना झ्यालको पुतली’ सिफारिस गर्ने निर्णय गरेको छ । समितिको सोमबार बसेको बैठकले समितिलाई प्राप्त फिल्ममध्येबाट ‘ऐना झ्यालको पुतली’लाई सिफारिस गरेको हो । नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले अस्करको प्रतिस्पर्धामा सामेल हुन इच्छुक फिल्मकर्मीलाई २०७९ भदौ ३० गतेभित्र फिल्म बुझाउन आग्रह गरेको थियो । सोही सूचना अनुसार नेपालबाट दिनेश राउत निर्देशित प्रकाश, सुवर्ण थापा निर्देशित राधा र सुजित बिडारी निर्देशित ‘ऐना…

पुरा पढ्नुहाेस्