नेपालमा आज कोरोना अपडेट : १३ सय जनाको परीक्षण गर्दा १९ जनामा संक्रमण !

काठमाडौं– पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा १९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ सय ३२ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार ५९१ जनाको पीसीआर परीक्षण गर्दा १७ र ७४१ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टाकै अवधिमा कोरोनाबाट कसैको पनि मृत्यु पुष्टि भएको छैन । सोही अवधिमा देशभर ९६ जना कोरोना संक्रुमणबाट निको भएको मन्त्रालयले जनाएको छ ।

पुरा पढ्नुहाेस्