एक महिनामा १ खर्ब ३६ अर्ब रेमिट्यान्स भित्रियो

कात्तिक २४,काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नै विदेशी मुद्राको सञ्चिति बढेर झण्डै वार्षिक बजेटको हाराहारी पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्षको पहिलो त्रैमासमा विदेशी मुद्राको सञ्चिति ६.७ प्रतिशतले बढेर १६ खर्ब ४३ अर्ब ९ करोड रुपैयाँ पुगेको हो । जबकि सरकारले चालु आर्थिक वर्षका लागि ल्याएको वार्षिक बजेट १६ खर्ब ५१ अर्ब रुपैयाँ बराबरको मात्र हो । २०८० असार मसान्तमा यस्तो विदेशी मुद्राको सञ्चिति १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको थियो । आर्थिक वर्ष २०८०/८१ को तीन महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग…

पुरा पढ्नुहाेस्

कात्तिकदेखि चालुपुँजी प्रकृतिका कर्जा प्रवाह गर्न पाउने

असोज २०, काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु पूँजी कर्जाको मार्गदर्शन कार्यान्वयनमा केही लचकता देखाउँदै बैंक तथा वित्तीय संस्थालाई १ कात्तिकदेखि लागू गर्ने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले क, ख र ग वर्गका इजाजतपत्र प्राप्त संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशन, २०७८ मा संशोधन गर्दै १ कात्तिकदेखि बैंक तथा वित्तीय संस्थाहरुले चालुपुँजी प्रकृतिका कर्जा प्रवाह, नवीकरण वा पुनरावलोकन गर्न पाउने व्यवस्था गरेको हो । यस्तो प्रकृतिका कर्जा प्रवाह, नवीकरण वा पुनरावलोकन बैंक तथा वित्तीय संस्थाहरुले चालुपुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ बमोजिम गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । चालुपुँजी कर्जासम्बन्धी मार्गदर्शन,…

पुरा पढ्नुहाेस्

शेयर कर्जामा ४/१२ करोडको सीमा हटाउन माग

जेठ ५, काठमाडौँ । लगानीकर्ताका दुई संघ नेपाल इन्भेष्टर फोरम र सेयर लगानीकर्ता संघले केन्द्रीय बैंकलाई सेयर लगानीमा ४ करोड तथा १२ करोडको सीमा हटाउन माग गरेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई ४ बुँदे माग पेश गर्दै दुई लगानीकर्ता संघले शेयर कर्जामा ४/१२ करोडको सीमाले सेयर बजारलाई निरुत्साहित गरेकोले उक्त व्यवस्था हटाउन माग गरेका हुन् । चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत केन्द्रीय बैंकले ४ करोड एउटा बैंकबाट गरी १२ करोडसम्मको शेयर कर्जामा सीमा लगाएको थियो । साथै, आर्थिक वर्ष २०७९/०८० को १ साउनदेखि सेयर कर्जामा लगाउने भनिएको…

पुरा पढ्नुहाेस्

वाणिज्य बैंकको संख्या घटाएर १५ बनाउन सुझाव

बैशाख १३, एजेन्सी । नेपाल राष्ट्र बैंकले मर्जरमार्फत बैंक तथा वित्तीय संस्थाको संख्या घटाउने नीति लिइरहेका बेला सरोकारवाला तथा विज्ञहरूले पनि वाणिज्य बैंकको संख्या आधा घटाउन सुझाव दिएका छन् । नेपाल राष्ट्र बैंकले गरेको अध्ययनमा सहभागीहरूले अर्थतन्त्रको आकार, प्रतिव्यक्ति आम्दानी तथा जनसंख्याको आकारका आधारमा नेपालमा बैंकको संख्या बढी भएको भन्दै घटाउन सुझाव दिएका हुन् । मर्जर तथा एक्वीजिशन नीति जारी गरेको १ दशकपछि राष्ट्र बैंकले पहिलोपटक बैंकको संख्याबारे अध्ययन गरेको हो । अध्ययनका लागि बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ), सहायक प्रमुख कार्यकारी अधिकृत, कार्यवाहक प्रमुख कार्यकारी अधिकृत, अध्यक्ष,…

पुरा पढ्नुहाेस्

राष्ट्र बैंकका गभर्नर अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय

चैत २५, काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बनमा परेका छन् । मन्त्रिपरिषद्को बिहीबारको बैठकले देशको अर्थतन्त्र गभर्नर अधिकारीले धराशायी बनाएको ठहर गर्दै उनीमाथि छानबिन गर्न समिति गठनको निर्णय भएसँगै गभर्नर अधिकारी निलम्बनमा परेका हुन् । सो निर्णयबमोजिम अर्थ मन्त्रालयले शुक्रबार सर्वोच्चका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेपछि गभर्नर अधिकारी निलम्बनमा परेका हुन् । ऐनको व्यवस्थाअनुसार छानबिन समिति गठन भएपछि गभर्नर स्वतः निलम्बन हुने प्रावधान छ । मन्त्रालयले गठन गरेको छानबिन समितिमा डा. सूर्य थापा र डा. चन्द्रकान्त पौडेललाई सदस्य राखिएको छ । समितिलाई…

पुरा पढ्नुहाेस्

बुधबारदेखि बजारमा एक रुपैयाँका नयाँ सिक्का

फागुन २४, काठमाडौँ । नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले एक रूपैयाँको सिक्का फेरि प्रचलनमा ल्याउने भएको छ। साविककै आकार तथा सुनौलो रङमा टकमरी गरिएको २०७७ साल लेखिएको एक रूपैयाँको सिक्का बुधबारदेखि प्रचलनमा ल्याइने राष्ट्र बैंकले जनाएको छ । सिक्काको अग्र भागमा बृत्ताकार चौसठ्ठी थोप्ला छन् । त्यहाँ हिमाल, पहाड र तराईको पृष्ठभूमिमा सात प्रदेशसहित लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नयाँ नक्सा राखिएको छ । सिक्कामा फरक क्षमता भएका (दृष्टिविहीन) हरूले स्पर्श गरेर सिक्काको दर पहिचान गर्नका लागि एउटा मोटो थोप्लो पनि रहेको बैंकले जनाएको छ ।

पुरा पढ्नुहाेस्

शेयर, घरजग्गा र सवारी साधन कर्जामा राष्ट्र बैंकको कडाई

फागुन, १२, काठमाडौँ । नेपाल राष्ट्र बैंकले शेयर, घरजग्गा र सवारी साधनलगायतमा पाउँने कर्जामा कडाई गरेको छ । बुधबार राष्ट्र बैंकले गत बिहीबार सार्वजनिक गरेको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाको सर्कुलर जारी गर्दै कडाइ गरेको हो । नेपाल राष्ट्र बैंकले शेयर धितो, सवारी कर्जा र घर जग्गा को जोखिम भारित औसत सीमालाई एक सयबाट बढाएर १५० प्रतिशत पुर्‍याएको छ । यसैगरी बैंक दर पनि २ प्रतिशतले बढाएर ७ प्रतिशत पर्याएको छ । ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा रहेको स्थायी तरलता सुविधा दरमा पनि २ प्रतिशतले बढाएर ७ प्रतिशत, तल्लो सीमाको रुपमा…

पुरा पढ्नुहाेस्

८ अर्ब २३ करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

फागुन ९, काठमाडौँ । नेपाल राष्ट्र बैंकले ८ अर्ब २३ करोड रुपैँयाको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिन र १८२ दिन गरी दुई किसिममा कुल ८ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । राष्ट्र बैंकले मंगलबार एक सूचना जारी गर्दै बिल खरिदका लागि सार्वजनिक आह्वान गरेको छ । इच्छुक लगानीकर्ता बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले सोमबार अपरान्ह ३ बजेसम्म आवेदन दिन सक्नेछन् । ट्रेजरी बिल भने भोलि मंगलबार बिक्री हुने…

पुरा पढ्नुहाेस्

अब पाँच लाखसम्मको कर्जा अनलाइनबाटै लिन पाइने

माघ २८, काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय (अनलाइन) माध्यमबाट प्रवाह हुने कर्जा सम्बन्धी मार्गदर्शन २०७८ जारी गरेको छ । राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलद्वारा भुक्तानी सम्बन्धी कार्य गर्न अनुमति पत्र प्राप्त संस्थाहरुको लागि उक्त मार्गदर्शन जारी गरिएको हो । उक्त मार्गनिर्देशन जारी भएपछि बैंक तथा वित्तीय संस्थाहरुमा तलबी खाता रहेका वा पेशागत तथा व्यवसायिक आय जम्मा हुने खाता रहेका ग्राहकको हकमा अधिकतम रु। ५ लाखसम्म र अन्य ग्राहकको हकमा अधिकतम २ लाखसम्म विद्युतीय कर्जा उपलब्ध हुने भएको हो । यस्तो कर्जाको अवधि अधिकतम ३ वर्षसम्म…

पुरा पढ्नुहाेस्

चालु छ महिनामा व्यापार घाटा ४६.६ प्रतिशतले बढ्यो

माघ २७, काठमाडौं । चालु आर्थिक बर्षको पहिलो छ महिनामा व्यापार घाटा ४६.६ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कमा  व्यापार घाटा आठ खर्ब ८० अर्ब ४९ करोड पुगेको छ । गत बर्ष सोही अवधिमा यस्तो घाटा ५.८ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यातको तुलनामा आयात ११.९ प्रतिशत बढि हुन पुगेको छ । यस अवधिमा कुल आयात ५१.१ प्रतिशतले बढेर नौ खर्ब ९९ अर्ब ३४ करोड रुपियाँ पुगेको छ । अघिल्लो बर्ष सोही अवधिमा यस्तो आयात ४.८ प्रतिशतले घटेको थियो । यस अवधिमा भारतबाट भइरहेको आयातमा…

पुरा पढ्नुहाेस्