पत्रकारलाई सर्वोच्च प्रवेशमा अवरोध

कात्तिक १०, काठमाडौं । सर्वोच्च प्रशासनले पत्रकारहरुलाई अदालत प्रवेशमा अवरोध गरेको छ । राजीनामाका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि चौतर्फी दबाब भइरहेका बेला अदालत परिसरमा सुरक्षाकर्मी बढाइएको छ । सुरक्षाकर्मीहरुले कागजपत्र पुगेन वा यो परिचयपत्रले हुँदैन भनेर सञ्चारकर्मीहरुलाई अवरोध गर्ने गरेका छन् । प्रवेश दिइएका पत्रकारहरुलाई बुधबार बसेको एक मात्र इजलासमा प्रवेश दिइएन । प्रधानन्यायाधीशको राजीनामा माग गर्ने न्यायाधीशहरु आन्तरिक छलफलमा जुटेका बेला जबराले आफ्नो एकल इजलासमा पाँच मुद्दामा सुनुवाइ गरेका थिए । तर सञ्चारकर्मीलाई प्रवेश दिइएन ।

पुरा पढ्नुहाेस्