पोखराको पर्यटन व्यवसायले आगामी दिनमा गति लिन्छ :परराष्ट्रमन्त्री साउद

कात्तिक ६,पोखरा । परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले पोखराको पर्यटन व्यवसाय पूर्ववत् अवस्थामा फर्कने बताए । पोखराको तोरीपानीबाट फेवाताल किनारमा आज प्याराग्लाइडिङ गरेपछि उनले साहसिक पर्यटनलगायतका धेरै सम्भावना बोकेको पोखराको पर्यटन व्यवसायले आगामी दिनमा गति लिने विश्वास व्यक्त गरेका थिए । प्याराग्लाइडिङ पोखराको महत्त्वपूर्ण पर्यटकीय गतिविधि भएको उल्लेख गर्दै मन्त्री साउदले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उडानलाई असर नपर्ने गरी पूर्ववत् सराङकोटबाटै उडान गर्न सम्बन्धित निकायमा आफ्नोतर्फबाट पहल गर्ने उनले आश्वासन दिएका थिए ।सुरक्षा व्यवस्थालाई दृष्टिगत गर्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टावरसँग सम्पर्क गरी मन्त्री साउद सवार प्याराग्लाइडरलाई फेवाताल किनारामा अवतरण गराइएको हवाई खेलकुद संस्था९ना०…

पुरा पढ्नुहाेस्

एइसीमा रहदा मैले गेमचेन्जर योजना अघि सारेको छु : सभापति सुमार्गी

साउन २०,सिमरा । नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रिय सदस्य तथा कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गीले नेपालमा कृषिलाई कसरी उद्यमशिलतातिर अघि बढाउने,किसानलाई कसरी धनि बनाउने भन्ने उदेश्य बोकेर देशभर अभियानमा लागिरहेको बताएका छन् । जितपुरसिमरा उद्योग बाणिज्य संघको ५ औँ स्थापना दिवस तथा विशेष समारोहलाई सम्बोधन गर्दै सुमार्गीले आफु कृषि उद्यम केन्द्रमा रहिन्जेल अन्य विषयका कार्यक्रममा कम सहभागी भएको बताएका थिए । उनले नेपालमा कृषिको सम्भावना र कृषिको आधुनिकिकरणमा सबैलाई समेटेर लैजान खाजेको समेत बताए । सुमार्गीले आफु एइसीमा रहदा कृषिमा गेमचेन्जर योजना अघि सारेको बताए । उनले भर्खरैमात्रै यूएन…

पुरा पढ्नुहाेस्

११ देशका राजदूत पोखरामा

असोज ११, काठमाडौँ । पोखरा क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न ११ वटा देशका राजदूत पोखरा आएका छन् । गण्डकी प्रदेश सरकारको पहल तथा निजी क्षेत्रको सहकार्यमा ११ देशका राजदूत पोखरा आएका हुन् । कोभिड–१९ ले थलिएको पोखरा क्षेत्रको पर्यटन क्षेत्र खुला भएको सन्देश दिन कार्यक्रम आयोजना गर्न लागिएको र उक्त कार्यक्रम कोशेढुंगा सावित हुने पोखराका पर्यटन व्यवसायीहरुको बुझाइ छ । पोखरामा यस वर्ष ४२औं विश्व पर्यटन दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइने भएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख काशीराम भण्डारीले बताए । जर्मनी, यूएई, दक्षिण कोरिया, उत्तर कोरिया, कतार,…

पुरा पढ्नुहाेस्