पर्सा र बारामा १८ जनामा कोरोना संक्रमण पुष्टि

दिपु वर्णवाल असोज ६,काठमाडौ । पर्सा र बारामा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दुवै जिल्लाको विभिन्न स्थानबाट आएको तिन सयजनाको स्वाबको नमुनालाई पिसिआर प्रविधि मार्फत परिक्षण गर्दा थप १८ जनामा संक्रमण पुष्टि भएको हो । नारायानी अस्पतालका प्रवक्ता डा. अतुलेशकुमार चौरसियाले दिएको जानकारी अनुसार चार महिलासहित संक्रमण पुष्टि भएकामध्ये पथलैयामा कार्यरत दुई जना सशस्त्र प्रहरी बलका जवानसमेत रहेका छन् । थपिएका १८ जना संक्रमितमध्ये ६ जना पर्सा जिल्लाका बासिन्दा हुन् भने बाकी १२ जना बारा जिल्लाको रहेका छन् । पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर १ र १४ मा…

पुरा पढ्नुहाेस्