पल शाह प्रकरण: पिडित भनिएकी नाबालिग गायिकाले बयान फेरिन्

बैशाख ४,काठमाडौँ । अभिनेता पल शाहले बलात्कार गरेको आरोप लगाउँदै अदालत गएकी एक नाबालिग गायिकाले अदालतमा बयान फेरेकी छन् । तनहुँ जिल्ला अदालतमा आज आइतवार नाबालिगको तर्फबाट बकपत्र भएको थियो । त्यही क्रममा अदालतमा उनले आफूमाथि कलाकार पल शाहले बलात्कार नगरेको बयान दिएकी हुन् । अरू बयान भने यथावत् रहेको तनहुँका जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माले जानकारी दिए । नाबालिगले बयानका क्रममा अरूको उक्साहटमा जाहेरी दिएको बताएकी छिन् । दबाब र प्रलोभनमा परेर बालिकाले बयान फेरेको हुन सक्ने कानुन व्यवसायीले बताएका छन् । नाबालिगका बुबा, आमालगायतको बकपत्र भने बाँकी छ ।…

पुरा पढ्नुहाेस्