आँबुखैरेनीमा भासिएको सडकमा कार पुरियो, उद्धार टोली परिचालन

जेठ २७, काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ डम्पीमा पृथ्वी राजमार्ग भासिएर पहिरो जाँदा दुईतर्फी यातायात अबरुद्ध भएको छ । राजमार्ग भासिएको ठाँउमा एउटा सवारी साधन पनि पुरिएको अवस्थामा देखिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए । ‘मर्स्याङ्दी नदीको खोंचमा एउटा कारको हुट देखिएको छ, मानवीय क्षतिको पनि आशंका छ, रेग्मीले भने, ‘भासिएको स्थान भीर र नदीको बहाव ठूलो भएकोले उद्धारमा कठिनाइ भइरहेको छ ।’ उनका अनुसार गोताखोर, उद्धारकर्ता र स्वास्थ्यकर्मीसहितको टोलीलाई उद्धारका लागि परिचालन गरिएको छ । उक्त कारमा कतिजना थिए र कोको थिए भन्ने…

पुरा पढ्नुहाेस्

पहिरोले एक्स्काभेटर पुरिदाँ दाङ-सल्यान सडकखण्ड अवरुद्ध

चैत ९, सल्यान । राप्ती लोकमार्गअन्तर्गत दाङ-सल्यान सडक खण्डमा झरेको सुक्खा पहिरोले एक्स्काभेटर पुरिदाँ सडकखण्ड अवरुद्ध बनेको छ । पहिरोबाट स्काभेटर अपरेटर हिमनाथ योगी सामान्य घाइते भएका छन् । सल्यानको कपुरकोट-३ चोरखोला नजिक सडक फराकिलो बनाउन खनिरहेको बेला मंगलबार बेलुकी करिब साढे सात बजेतिर सुक्खा पहिरो खसेको थियो । पहिरोसँगै झरेका ठूला ढुंगाले बा २ क ८०७७० नम्बरको एक्स्काभेटरको केही भाग पुरिएको छ । अहिले उक्त सडक खण्ड पूर्ण रुपमा बन्द रहेको डिएसपी सुमित खड्काले जानकारी दिए । जोखिमयुक्त स्थान भएकाले एक्स्काभेटर निकाल्न र पहिरो पन्छाउन समस्या भइरहेको प्रहरीले जनाएको…

पुरा पढ्नुहाेस्

पहिरोले मुग्लिन–नौबिसे सडक अवरुद्ध

भदौ ३०, काठमाडौँ । पहिरोका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार गए राति २ः०० बजे पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकै सडक माथिबाट पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको हो । अहिले पहिरो हटाउने काम भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर मगरले जानकारी दिए ।

पुरा पढ्नुहाेस्

पहिरोको उच्च जोखिममा बेनीको क्याम्पसचोक

भदौ २२, म्याग्दी । बस्तीमाथिको पाखो भासिएर पहिरो खस्न थालेपछि म्याग्दीको सदरमुकाम बेनीको क्याम्पसचोक क्षेत्र उच्च जोखिममा परेको छ । खरेनी र आँपरुखको पाखोमा पहिरो खस्न थालेपछि बेनी नगरपालिकाको वडा नं ८ मा पर्ने क्याम्पसचोक, गणेशटोल, पिपलचोक र कालीपुल जोखिममा परेको हो । गणेशटोल सुधार समितिका संयोजक ठाकुरप्रसाद शर्माले पहिराको फेदीमा रहेको बजारमा बाढी आउने खतरा रहेको बताए । “करिब ५०० मिटर लम्बाइ र ५०० मिटर चौडाइ क्षेत्रफल भएको पाखो चिराचिरा परेर बग्न तयार भएर बसेको छ”, उनले भने, “यो पहिराले चारवटा टोल र म्याग्दी बहुमुखी क्याम्पस जोखिममा परेको छ…

पुरा पढ्नुहाेस्

पहिरोले घर पुरिँदा एकको मृत्यु, तीन घाइते

भदौ १६, अर्घाखाँची । पाणिनी गाउँपालिका–७ अडगुरीमा पहिरोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।मृत्यु हुनेमा जिवलाल सुनारकी नौ वर्षीया छोरी झरना सुनार रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । प्रहरी नायब उपरीक्षक अम्बरबहादुर थापाका अनुसार मङ्गलबार साँझ घरमाथिबाट आएको पहिरोले सुनारको एकतले कच्ची घर पुरिदा बालिकाको घटनास्थलमा नै मृत्यु भएको र अन्य तीन जना घाइते भएका थिए । घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको जनाइको छ ।

पुरा पढ्नुहाेस्

विपद्का घटनाहरु बढ्दै : बाढी,पहिरो,आगलागी लगायतका विपद्का ८४ जनाको मृत्यु, २५ जना वेपत्ता

असार ११, काठमाण्डौ । यस वर्षको असार ११ गतेसम्म ८४ जनाको ज्यान गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ गतेयता विपद्का घटनामा परि २५ जना वेपत्ता भएका छन् । वैशाख १ देखि असार ११ सम्ममा पहिरोका ९२ घटना भएको र त्यसमा परि १२ जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता भएका छन्। पहिरोमा परि १५ जना घाइते हुँदा ४० चौपायाको मृत्यु भएको छ । प्राधिकरणका अनुसार पहिरोका कारण १८ लाख ४७ हजार रुपैयाँको अनुमानित क्षति भएको छ । त्यस्तै सोही अवधिमा बाढीका ३९…

पुरा पढ्नुहाेस्