पहिरोले वालिङका ५ घर जोखिममा !

आश्विन २१,स्याङ्जा । पहिरो खसेपछि स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर–१३ बायँटारी ठूलाखेतका ५ घर जोखिममा परेका छन् । घरअगाडि पहिरो खसेका कारण ती घर उच्च जोखिममा परेका हुन् । वालिङ नगरपालिका–१३ बायँटारीका धनबहादुर डाला, पृथलाल गुरुङ, हाइमाया गुरुङ र इन्द्रबहादुर सार्कीलगायतको घरअगाडि पहिरो खसेको वडाअध्यक्ष नमलाल डुम्रेले जानकारी दिनुभयो । जोखिममा रहेका घरका परिवारलाई अन्त व्यवस्थापन गरिएको छ । तत्काललाई जोखिम कम गर्नका लागि प्लाष्टिकले पानी तर्काउने काम गरिएको छ ।

पुरा पढ्नुहाेस्