ट्रोयससँग पीएसजीको बराबरी

बैशाख २६, काठमाडौँ । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मन (पीएसजी) बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा पीएसजी ट्रोयससँग २-२ गोलको बराबरीमा रोकिएको हो । घरेलु मैदानमा सुरुआती दुई गोलको अग्रता जोगाउन नसक्दा पीएसजी बराबरीमा रोकिएको हो । खेलको छैटौं मिनेटमा मार्क्विन्होसले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए । २५ औं मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै पीएसजीलाई २-० को अग्रता दिलाए । तर, ३० औं मिनेटमा इके उग्बोले गोल गर्दै ट्रोयसलाई २-१ को स्थितिमा ल्याए । त्यसपछि खेलको ४९ औं मिनेटमा फ्लोरिनले गोल गर्दै ट्रोयसलाई २-२…

पुरा पढ्नुहाेस्

पीएसजीलाई फ्रेन्च लिग वानको उपाधि

बैशाख ११, काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको खेलमा लेन्ससँग १-१ गोलको बराबरी खेल्दै पीएसजीले उपाधि जितेको हो । पीएसजीले दशौँ पटक फ्रेन्च लिग वानको उपाधि जितेको हो । पीएसजीले ४ खेल बाँकी हुँदै उपाधि जितेको हो । घरेलु मैदानमा खेलको ६८ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसअघि ५७ औं मिनेटमा डान्सोले रातो कार्ड पाएपछि लेन्स १० खेलाडीमा समेटिएको थियो । तर, खेलको ८८ औं मिनेटमा कोरेन्टिन जिनले गोल गर्दै लेन्सलाई…

पुरा पढ्नुहाेस्

नेयमार र एमबाप्पेले ह्याट्रिकमा पीएसजीको फराकिलो जित

चैत २७, काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फराकिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा पीएसजीले क्लेरमोन्ट फुटलाई ६–१ गोल अन्तरले हराएको हो ।​ पीएसजीलाई जित दिलाउन नेयमार र केलियन एमबाप्पेले ह्याट्रिक पूरा गरे । खेलको छैटौं मिनेटमा नेयमारको गोलबाट पीएसजीले सुरुआती अग्रता बनाएको थियो । १९ औं मिनेटमा एमबाप्पेले गोल गर्दै टोलीको अग्रता २–० को बनाए । खेलको ४२ औं मिनेटमा जोडेलले गोल गर्दै क्लेरमोन्टलाई २–१ को स्थितिमा ल्याए । त्यसपछि नेयमार र एमबाप्पेले ह्याट्रिक पूरा गर्दै पीएसजीलाई ६–१ गोलको जित दिलाए…

पुरा पढ्नुहाेस्

च्याम्पियन्स लिगः पीएसजीको जित

फागुन ४, एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित निकालेको छ । मंगलबार राति भएको पहिलो लेगमा पीएसजीले स्पेनिस क्लब रियल मड्रिडलाई १-० गोल अन्तरले हराएको हो । घरेलु मैदानमा पीएसजीलाई जित दिलाउन केलियन एमबापेले निर्णायक गोल गरे । एमबापेले खेलको इन्जुरी समयमा गोल गरेका थिए । त्यसअघि खेलको ६२ औं मिनेटमा पीएसजीका लियोनल मेस्सी पेनाल्टीमा गोल गर्न चुकेका थिए । यस जितसँगै पीएसजीले अन्तिम आठमा पुग्ने सम्भावना बलियो बनाएको छ । दुई टोलीबीचको दोस्रो लेग खेल मार्च…

पुरा पढ्नुहाेस्

लिग वानः पीएसजीलाई १३ अंकको अग्रता

माघ २४, काठमाडौं । लिग वानमा पेरिस सेन्ड जर्मेन ९पीएसजी० ले १३ अंकको अग्रता बनाएको छ । आइतबार राति भएको खेलमा लिललाई ५(१ गोल अन्तरले हराउँदै अग्रता बनाएको हो । पीएसजीको यो सिजनको १७ औं जित हो । पीएसजीको जितमा डानिलो परेइराले दुई गोल गरे । यस्तै प्रेस्नेल किमपेम्बे, लियोनल मेस्सी र केलियन एम्बाप्पे एक एक गोल गरे । यता लिलका लागि बाट्म्यानले गोल गरे । जितपछी पीएसजीले २३ खेलबाट ५६ अंक जोडेको छ । समान खेलबाट लिल ३२ अंक सहित ११औं स्थानमा छन। यता, दोस्रो स्थानमा मार्सेइली समान खेलबाट…

पुरा पढ्नुहाेस्

पीएसजीको जितमा एमबाप्पेको ह्याट्रिक

पुस २०, एजेन्सी । केलियन एमबाप्पेको ह्याट्रिकको सहयोगमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च कपमा जित निकालेको छ । सोमबार राति पीएसजीले चौथो स्थानको वेन्समाथि ४–० को जित निकाल्यो । र अन्तिम ३२ को यात्रा तय गर्यो । प्रेस्नेल किम्पेम्बेले गोल गर्दै पीएसजीलाई पहिलो हाफमा अघि बढाएका थिए । नुनो मेन्डेसको कर्नरमा किम्पेम्बेले हेड गोल गरेका थिए । एम्बाप्पले तीनै गोल दोस्रो हाफमा गरे । उनले पहिलो गोलमा किम्पेम्बेको सहयोग लिए भने दोस्रो गोलमा जाभी सिमोन्सको पासलाई सदुपयोग गरे । जुनियर दिना एबिम्बेको पासलाई सदुपयोग गर्दै एम्बाप्पेले ७६ औं मिनेटमा ह्याट्रिक…

पुरा पढ्नुहाेस्

लोरेन्टसँग पीएसजीको बराबरी

पुस ८, एजेन्सी । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) बराबरीमा रोकिएको छ । बुधबार राति भएको खेलमा पीएसजी लोरेन्टसँग १-१ गोलको बराबरीमा रोकिएको हो । खेलको इन्जुरी समयमा मौरा इकार्डीले गोल गरेपछि पीएसजी हारबाट जोगिएको हो । त्यसअघि खेलको ४० औं मिनेटमा थोमसले गोल गर्दै लोरेन्टलाई अग्रता दिलाएका थिए । यस्तै खेलको ८६ औं मिनेटमा सर्जियो रामोसले रातो कार्ड पाएपछि पीएसजी १० खेलाडीमा समेटिएको थियो । यस बराबरीसँगै पीएसजीले १९ खेलमा ४६ अंक जोडेको छ । पीएसजी दोस्रो स्थानको निश भन्दा १३ अंकले अघि रहेको छ ।…

पुरा पढ्नुहाेस्

बोर्डोमाथि पीएसजीको संघर्षपूर्ण जित

कार्तिक २१, एजेन्सी । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले संघर्षपूर्ण जित निकालेको छ । शनिबार राति पीएसजीले बोर्डोमाथि ३–२ गोलको संघर्षपूर्ण जित निकालेको हो । पीएसजीको जितमा नेयमारले दुई तथा केलियन एम्बाप्पेले एक गोल गरे । खेलको २६ औं मिनेटमा नेमायरले गोल गर्दै पीएसजीलाई अग्रता दिए । केलियन एम्बाप्पेको पासलाई सदुपयोग गर्दै नेयमारले गोल गरेका थिए । पहिलो हाफ सकिन दुई मिनेट अघि एम्बाप्पेकै पासमा नेयमारले दोस्रो गोल गरे । दोस्रो हाफमा एम्बाप्पेले गोल गर्दै पीएसजीलाई ३–० ले अघि बढाएका थिए । त्यसपछि घरेलु टोली बोर्डोले दुई…

पुरा पढ्नुहाेस्

पीएसजीसँग लाइप्जिगको बराबरी

कार्तिक १८, काठमाडौँ । यूईएफए च्याम्पियन्स लिगअन्तर्गत समूह ‘ए’को खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) र जर्मन क्लब आरबी लाइप्जिगबीच बराबरी भएको छ । रेडबुल एरिना लाइप्जिग जर्मनीमा बुधबार राति भएको खेलमा इन्ज्युरी समयमा फउल गरेपछि पीएसजी लाइप्जिगसँग २–२ को बराबरीमा रोकिएको हो । घरेलु मैदानमा लाइप्जिगका क्रिस्टोफोर एनकुकु र डोमिनिक सोबोस्लाईले १–१ गोल गरे । पीएसजीका लागि जर्जिन्हो वाइनाल्डमले २ गोल गरे । खेलको आठौं मिनेटमा नै क्रिस्टोफोर एनकुकुको गोलबाट लाइप्जिगले अग्रता लिएको थियो । उनले आन्द्रे सिल्भाको पासमा गोल गरेका थिए । खेलको १२औं मिनेटमा आन्द्रे सिल्भा…

पुरा पढ्नुहाेस्

पीएसजीले लिललाई हरायो

कार्तिक १३, काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित निकालेको छ । शुक्रबार राति भएको खेलमा पीएसजीले लिललाई २-१ गोल अन्तरले हराएको हो । घरेलु मैदानमा सुरुआती एक गोलको अग्रता उल्टाएर पीएसजीले जित निकालेको हो । खेलको ३१ औं मिनेटमा जोनाथन डेभिडले गोल गर्दै लिललाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ७४ औं मिनेटमा मार्क्विन्होसले गोल गर्दै पीएसजीलाई १-१ गोलको बराबरीमा फर्काए । त्यसपछि खेलको ८८ औं मिनेटमा एन्जल डी मारियाले गोल गर्दै पीएसजीलाई २-१ को जित दिलाए । यस जितसँगै पीएसजीले १२ खेलमा…

पुरा पढ्नुहाेस्