पुष्पलाल राजमार्ग : याम्दीदेखि घट्टेखोलासम्मको निर्माण अन्तिम चरणमा

आश्विन २७,कास्की। राष्ट्रिय गौरवको निर्माणाधीन मध्यपहाडी (पुष्पलाल) राजमार्गको कास्की पश्चिम खण्डअन्तर्गत पोखरा महानगरपालिका–२५ याम्दीदेखि घट्टेखोलासम्मको निर्माण अन्तिम चरणमा पुगेको छ । पोखरा–बाग्लुङ राजमार्गसमेत पर्ने यो खण्डको १२ किलोमिटर सडकको निर्माण कार्य ९५ प्रतिशत सकिएको मध्यपहाडी (पुष्पलाल) सडक आयोजनाले जनाएको छ । ढिलोमा आउँदो माघ महिनाभित्रमा सबै काम सम्पन्न हुने दाबी गरिएको छ । फेदीदेखि घट्टेखोलासम्मको दुई किमी सडकबाहेक अन्य सबै ठाउँमा ‘अस्फाल्ट’ कालोपत्र सकिएको छ । यो ठाउँमा कालोपत्रका लागि सबै काम तयारी अवस्थामा रहेको छ । कालोपत्रपछि अहिले रोड मार्किङ लगायतका काम भइरहेको छ । याम्दीदेखि सुुइखेतसम्म छ किलोमिटर…

पुरा पढ्नुहाेस्