फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

जेठ २७, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बिहीवार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर आठ, डिजलरमट्टीतेलमा प्रतिलिटर १२/१२ रुपैयाँ बढाएको हो । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ । बढेको मूल्य अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७८, डिजलरमट्टीतेलको मूल्य प्रतिलिटर १ सय ६५ रुपैयाँ पुगेको छ । निगमका अनुसार अन्तराष्ट्रिय बजारमा उच्च दरले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएको तथा इन्धन इन्डियन आयल कर्पोरेशनलाई भुक्तानी गर्नुपर्ने…

पुरा पढ्नुहाेस्

पेट्रोलियम पदार्थमा लगाइएको कर घटाइने

जेठ १४, काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थमा लगाइएको कर घटाउन सैद्धान्तिक सहमति दिएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले शुक्रबार सङ्घीय संसद्मा बोल्दै कर घटाउन मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएको बताएका हुन् । पेट्रोलिमय पदार्थको पूर्वाधार र भन्सार शुल्क घटाउन अर्थ मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको मन्त्रालयले जानकारी दिएको छ तर कुनमा कति घटाउने भन्ने निर्णय भैसकेको छैन । पेट्रोलियम पदार्थमा लगाइएको उच्च करका कारण मूल्य बढ्दै गएको भन्दै त्यसको चौतर्फी विरोध भएको थियो । अर्थतन्त्रको समग्र क्षेत्रमा परेको प्रभाव तथा निगमको कार्य सञ्चालन वित्तीय व्यवस्थापन तथा व्यापार विविधिकरण लगायतका क्षेत्रमा समग्र सुधार…

पुरा पढ्नुहाेस्

इन्धनको मूल्यवृद्धि भएपछि ढुवानी सेवा बन्द

जेठ १२, वीरगञ्ज । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि पर्साको वीरगञ्जका खुद्रा ढुवानी व्यवसायीले सम्पूर्ण ढुवानी सेवा बन्द गरेका छन् । ढुवानी व्यवसायी सङ्घ वीरगञ्जका अनुसार पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको प्रत्यक्ष प्रभाव ढुवानी व्यवसायीलाई परेको भन्दै उनीहरुले ढुवानी सेवा बन्द गरेका हुन् । पेट्रोलियम पदार्थमा अत्यधिक मूल्य वृद्धि भए पनि ढुवानी भाडामा वृद्धि नभएकाले तत्कालका लागि सबै प्रकारका ढुवानी सेवा बन्द गरिएको सङ्घका उपाध्यक्ष प्रविनकुमार कर्णले जानकारी दिए । वीरगञ्जबाट दैनिक कम्तीमा ४० देखि ६० व्यवसायीले खुद्रा सामग्री लिएर पूर्व–पश्चिमका विभिन्न सहरमा जाने गरेका थिए । सङ्घमा आवद्ध ४६ खुद्रा ढुवानी…

पुरा पढ्नुहाेस्

निगमले फेरी बढायो पेट्रोलियम पदार्थको मूल्य

जेठ ९, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आइतबार मध्यरातदेखि लागू हुनेगरी पेट्रोल‚ डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रूपैयाँले बढाएको बढाएको हो । अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको र त्यसैअनुसार भारतीय आयल नियमले मूल्य बढाएको जनाउँदै निगमले मूल्य बढाएको उसले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ । निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर २ सय रूपैयाँ बढाएको छ । निगमले आज मध्यरातदेखि लागू हुने गरी प्रतिसिलिन्डर ग्यासको मूल्य बढाएर १ हजार ८ सय रूपैयाँ पुर्‍याएको छ । निगमले यसअघि गत वैशाख ३१…

पुरा पढ्नुहाेस्

इन्धनको मूल्यवृद्धि फिर्ता गर्न उपभोक्ता संरक्षण महासंघको माग

जेठ ४, काठमाडौँ । नेपाली उपभोक्ता संरक्षण महासंघले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता गर्न सरकारसमक्ष माग गरेको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै महासंघले गत वैशाख ३१ गते मध्यरातिदेखि लागू हुनेगरि बढाइएको पेट्रोलियम पदार्थको मूल्य तत्काल फिर्ता गर्न माग गरेको हो । महासंघले आयल निगमले प्रेषित गरेको प्रेस विज्ञप्तिअनुसारको थप हुने मूल्य आन्तरिक व्यवस्थापन गर्नसमेत माग राखेको छ । यसैगरी, महासंघले अन्तर्राष्ट्रिय मापदण्डअनुसार पेट्रोलियम पदार्थको फिलिङ, ढुवानी, भण्डारण र बिक्रि–वितरणसम्बन्धी नेपाल सरकारको ऐन, नियम तर्जुमा गरी कार्यान्वयन गर्नुपर्ने प्रस्ताव अघि सारेको छ । पेट्रोलियम पदार्थको अनावश्यक खपत र मानवीय स्वास्थ्य…

पुरा पढ्नुहाेस्

पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन गृहमन्त्री खाँणको निर्देशन

चैत १९, काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाँणले पेट्रोलियम पदार्थमा देखिएको समस्या तत्काल समाधान गर्न निर्देशन दिएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. गणेश पाण्डे, नेपाल आयल निगमका कार्यवाहक महानिर्देशक विरेन्द्र गोइत र नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका महासचिव विश्व अर्याललाई शनिबार टेलिफोन गरेर तत्काल समस्या समाधान गर्न निर्देशन दिएका उनको सचिवालयले जनाएको छ । उनले अत्यावश्यक वस्तुमा समस्या देखिए सरकार नचाहँदा नचाहँदै कठोर हुनुपर्ने अवस्था आउन सक्नेतर्फ समेत सचेत गराएका छन् । व्यवसायीहरूले पेट्रोलियम पदार्थ बेचे–नबेचेको अनुगमन गर्न कार्यवाहक प्रधानमन्त्रीले आफूहरूलाई निर्देशन दिएको र आफूहरूले…

पुरा पढ्नुहाेस्

पेट्रोलको मूल्य घट्यो, निगम भने प्रतिमहिना १० अर्ब घाटामै

चैत १८, काठमाडौँ । भारतीय आयाल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसुची पठाएको छ । अप्रिल १ तारिख (चैत १८ गते) पठाएको नयाँ मूल्यसूचीअनुसार लगातार बढिरहेको पेट्रोलको मूल्य सामान्य घटेको छ । नयाँ मूल्य सूचमा पेट्रोलको मूल्य १ रुपैयाँ ४८ पैसाले घटेर आएको नेपाल आयल निगमले जनाएको छ । यता डिजेलको मूल्य भने प्रतिलिटर २ पैसाले बढेर आएको छ । यस्तै मट्टीतेलको मूल्य लिटरमा २२ रुपैयाँ १९ पैसाले बढेर आउँदा हवाई इन्धनको मूल्य प्रतिलिटर ४ रुपैयाँ २३ पैसाले बढेर आएको निगमले जनाएको छ । लगातार बढिरहेको डिजेल र पेट्रोलको मूल्यवृद्धि…

पुरा पढ्नुहाेस्

पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति सत्ता गठबन्धनका विद्यार्थीको विरोध

चैत ५, काठमाडौं । सत्ता गठबन्धनका ४ दल निकट संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि प्रति आपत्ति जनाएका छन् । सत्तारुढ गठबन्धनमा रहेका नेपाली कांग्रेसबाहेकका अन्य चार दलका विद्यार्थी संगठनले आज विज्ञप्ति जारी गरी मूल्यवृद्धि जनताको हितविरुद्ध भएको भन्दै फिर्ता लिन आग्रह गरेका हुन् । ‘जनतालाई राहत दिनेतर्फ नसोची पटकपटक गरिएको मूल्यवृद्धि जनहित विरुद्धमा छ,’ संयुक्त विज्ञप्तिमा उल्लेख छ, ‘अर्कोतिर पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि देखाएर जनताका दैनिक उपभोग्य समानमा समेत कालोबजारी व्यापक भइरहेको छ । हामी नेपाल सरकार र नेपाल आयल निगमसँग विगतमा संयुक्त विद्यार्थी संगठनसँग गरिएका सम्झौता तत्काल…

पुरा पढ्नुहाेस्

निगमलाई इन्धन किन्न चार अर्ब २५ करोड निकासा

फागुन २४, काठमाडौँ । सरकारले सञ्चित बचत शून्यमा झरेपछि अप्ठ्यारोमा पुगेको नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको खरिदका लागि रकम उपलब्ध गराउने भएको छ । मूल्य स्थिरीकरण कोषको सोमबार बसेको बैठकले निगमले इन्डियन आयल कर्पोरेशनलाई भुक्तानी गर्नुपर्ने पहिलो किस्ता बापतका नपुग रु. चार अर्ब २५ करोड उपलब्ध गराउने निर्णय गरेको हो । गत बिहीबार पेट्रोलियम पदार्थको मूल्य समायोजनपश्चात पनि १५ दिनमा करिब दुई अर्ब ५० करोड घाटा रहेको निगमले जनाएको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य आकाशिएपछि निगमको खरिद मूल्य बढेर घाटा बढ्दै गएको छ । निगमले आइओसीलाई…

पुरा पढ्नुहाेस्

पेट्रोलियम पदार्थको ढुवानी भाडा बढाउँन १५ दिने अल्टिमेटम

फागुन २१, काठमाडौँ । इन्धनको मूल्यवृद्धि अनुसार ढुवानी भाडा नबढेको भन्दै पेट्रोलियम व्यवसायीले १५ दिनको अल्टिमेटम दिँदै आन्दोलनको चेतावनी दिएका छन् । नेपाल पेट्रोलियम डिलर्स एशोसिएसन, नेपाल ग्यास उद्योग संघ र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघको प्रतिनिधित्व हुनेगरि गठन भएको पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले पत्रकार सम्मेलन गर्दै भाडा नबढाए ढुवानी रोक्ने चेतावनी दिएका हुन् । १५ दिनभित्र माग पूरा नभए आन्दोलन गर्ने उनीहरुले जानकारी दिए । यी संस्थाले धेरै अघिदेखि निगम व्यवस्थापनलाई डिजेलको भाउ बढेअनुसार भाडा निर्धारण गर्न माग गर्दै आएका थिए । तर निगम व्यवस्थापनले समयमा निर्णय नगर्दा…

पुरा पढ्नुहाेस्