प्रकाश विकल्पको पुस्तक ‘समृद्धिको रोडम्याप’ प्रचण्डद्धारा बिमोचन सम्पन्न

चैत १ काठमाण्डौ । लेखक प्रकाश विकल्पको पुस्तक समृद्धिको रोडम्याप नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विमोचन गरेका छन् । शनिवार काठमाडौंमा एक समारोहका बिच प्रकाशको दोश्रो पुस्तकको विमोचन गरिएको हो । सो अवसरमा अध्यक्ष प्रचण्डले गतिशिल र सिर्जनशील लेखक विकल्पको दुबै पुस्तक विमोचन गर्न पाएकोमा खुसी ब्यक्त गरे । पहिलो पुस्तक देश किन बनेन रु भन्ने विषयमा केन्द्रीत रहेको बताउँदै उनले समृद्धिको बाटोमा पुस्तकमा विकासको बारेमा एउटा नयाँ बहस सुरुवात गर्ने प्रयासका रुपमा आफूले लिएको उल्लेख गरे । उनले भने–‘पुस्तकका लेखक आफै प्रश्नहरु जन्माउँदै त्यसबाट बहस सृष्टि गर्दै…

पुरा पढ्नुहाेस्