प्रदीप गिरिको निधनमा सिरहाको कल्याणपुरमा आज शोक बिदा

भाद्र ६,काठमाडौँ । नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य प्रदीप गिरिको निधनमा सिरहाको कल्याणपुर नगरपालिकाले आज शोक बिदा दिएको छ । कल्याणपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु रञ्जन बरालले आज नेता गिरिको निधनमा शोक बिदा दिएको बताए । लहान नगरपालिका–१४ का गिरिको निधनमा लहानले हिजो सार्वजनिक बिदा दिएको थियो । गिरिको अस्ति राति उपचारका क्रममा निधन भएको थियो ।

पुरा पढ्नुहाेस्