प्रदेश ४ को नाम ‘गण्डकी’ : आदिवासी जनजाति संस्थाको गम्भीर ध्यानाकर्षण !

असार २१,पोखरा । प्रदेश नं ४ को प्रदेशसभाले प्रदेशको नामाङ्कन हुन गइरहेको भन्ने समाचारका सम्बन्धमा विभिन्न आदिवासी जनजाति संस्थाले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । आदिवासी जनजातिका सात संस्थाले आज संयुक्त प्रेस विज्ञप्तिमार्फत त्यस प्रदेशमा ‘तमुवान–मगरात’को ऐतिहासिक सभ्यता र पहिचानलाई नामेट पार्ने गरी ‘गण्डकी’ प्रदेश नामकरण गर्न लागेको खबरप्रति आपत्ति जनाएका छन् । त्यस्तो निर्णय भए ऐतिहासिक जनआन्दोलन, सशस्त्र माओवादी युद्ध, विभिन्न पहिचानका आन्दोलन र सरकारसँग विगतमा भएका सहमति÷सम्झौताको मूलमर्म र भावना विपरीत हुने ठहर गरिएको छ । आदिवासी जनजाति आन्दोलनको प्रमुख मुद्दा नै पहिचान र अधिकार भएको नेपाल आदिवासी…

पुरा पढ्नुहाेस्