प्रधानमन्त्री कप टी-२० : आर्मी क्लब विजयी

पुस २६, काठमाडौँ । प्रधानमन्त्री कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा साविक विजेता त्रिभुवन आर्मी क्लब विजयी भएको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा आज सोमवार भएको उद्घाटन खेलमा आर्मीले कर्णाली प्रदेशलाई ६३ रनले हरायो । आर्मीले कर्णाली प्रदेशलाई एक सय १७ रनको लक्ष्य दिएको थियो । जवाफमा कर्णाली प्रदेश १४ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै ५३ रनमा समेटियो । कर्णाली प्रदेशका लागि अर्जुन घर्तीले १६ र कप्तान रविन्द्र शाहीले १५ रन जोड्नुबाहेक अरू खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् । प्रकाश जैसीले आठ रन जोडे भने निश्चल रावलले दुई तथा…

पुरा पढ्नुहाेस्