प्रधानमन्त्री कप राष्ट्रिय टी–२० क्रिकेट: कर्णाली प्रदेशले प्रदेश–१ लाई हरायो

पुस २७,काठमाडौँ । प्रधानमन्त्री कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले प्रदेश एकलाई हराएको छ । काठमाण्डौको मूलपानी क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा कर्णालीले प्रदेश एकलाई ३१ रनले हराउँदै पहिलो जित निकालेको हो । यसअघि हिजो भएको आफ्नो पहिलो खेलमा कर्णाली त्रिभुवन आर्मी क्लबसँग ६३ रनले पराजित भएको थियो । आजको खेलमा कर्णालीले दिएको १ सय २१ रनको लक्ष्य पछ्याएको प्रदेश एक १७ ओभर ५ बलमा ८९ रनमा अलआउट भयो । प्रदेश एकका लागि फिर्दोश अन्सारीले सर्वाधिक २३ रन जोडे। कर्णालीका अनुज चुनाराले ४, दिवान पुनले दुई तथा दिनेश…

पुरा पढ्नुहाेस्

प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदै

माघ ४, काठमाण्डौ । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा आज दुई वटा खेल हुँदैछन् । समूह ुबीुको खेलमा वाग्मती प्रदेश र नेपाल पुलिस क्लब तथा समूह ुएुको खेलमा त्रिभुवन आर्मी र कर्णाली प्रदेश खेल्दैछन् । वाग्मती र नेपाल पुलिस क्लबको खेल बिहान नौ बजे कीर्तिपुरको त्रिवि मैदानमा तथा कर्णाली र त्रिभुवन आर्मी क्लबको खेल बिहान नौ बजे नै मुलपानी क्रिकेट मैदानमा बिहान नौ बजे नै सुरु हुने छ । दुवै टिम पहिलो खेलमा जित निकाल्दै प्रतियोगिताको सुखद् सुरुवात गर्ने लक्ष्यमा छन् । अर्को खेलमा त्रिभुवन आर्मी क्लब लगातार दोस्रो…

पुरा पढ्नुहाेस्