भारतमा फाइभ–जी मोबाइल सेवा सुरु, प्रधानमन्त्री मोदीले गरे उद्धघाटन

आश्विन १५,काठमाडौँ । भारतमा फाइभ–जी मोबाइल सर्भिस औपचारिक रुपमा सुरु भएको छ । दिल्लीमा आयोजित इण्डियन मोबाइल कंग्रेस २०२२ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फाइभ–जी मोबाइल सर्भिसको उद्घाटन गरे । यससँगै अल्ट्रा हाइस्पिड इन्टरनेटको बाटो खुला भएको छ । भारतका दिल्ली, मुम्बई, बेङ्गलुरु, बाराणसीसहित ८ शहरमा फाइभ–जी सेवा सुरु भएको हो । अर्को वर्षसम्म देशभर विस्तार गर्ने लक्ष्य छ । कार्यक्रममा एयरटेलका अध्यक्ष सुनील मित्तलले आफ्नो कम्पनीको फाइभ–जी सर्भिस सुरु भएको जानकारी दिए । साथै २०२४ सम्म देशभर यो सेवा उपलब्ध गराउने उनले दावी गरेका छन् । रिलायन्स ग्रुपका अध्यक्ष…

पुरा पढ्नुहाेस्