प्रभु लाइफ इन्स्योरेन्सको सेयर किन पर्यो ‘ट्रयाप’मा ?

पौष २१,काठमाडौँ । भर्खरै मात्रै आईपीओ जारी गरेर दोस्रो बजारमा सूचीकृत भएको प्रभु लाइफको शेयरमूल्य माथिल्लो सीमामै पुगेर पहिलो कारोबार हुने अनुमान गरिएको थियो । ३ सय २८ रुपैयाँमा पहिलो कारोबार हुँदा सो सेयरको मूल्य एकैदिन ३२ रुपैयाँले बढेर ३ सय ६० रुपैयाँसम्म पुग्न सक्थ्यो । दोस्रो दिन पनि मूल्य बढ्दा सोमबार ३ सय ९६ रुपैयाँसम्ममा कारोबार हुन सक्थ्यो । यो मूल्यमा लगानीकर्ताले विस्तारै बिक्री गर्ने मात्रा बढाउँदै जान सक्थे । यसो हुँदा सेयरमूल्य प्राकृतिक रुपमा घटबढ हुने बिन्दुसम्म पुग्थ्यो । तर यसको विपरित पहिलो कारोबार १ सय ३७ रुपैयाँमा…

पुरा पढ्नुहाेस्

प्रभु लाइफ इन्स्योरेन्सको ६० करोड रुपैयाँको ६० लाख कित्ता आइपिओ बिक्री खुला !

मंसिर २९, काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले आज सोमबारबाट आइपिओ बिक्रीमा ल्याएको छ । कम्पनीले १०० रुपैयाँ दरमा ६० करोड रुपैयाँ बराबरको कुल ६० लाख कित्ता आइपीओ जारी गरेको हो । कम्पनीले कुल ६० लाख कित्ता आइपीओमध्ये ३ लाख कित्ता कर्मचारी र ३ लाख कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको छ भने बाँकी ५४ लाख कित्तामा सर्वसाधारणका लागि छुट्याएको छ । कम्पनीको सो आइपिओमा पुस २ गतेसम्म आवेदन दिन सकिनेछ । पुस २ गतेसम्म सबै सेयर बिक्री नभएमा भने पुस १३ गतेसम्म पनि भर्न सकिनेछ । कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम…

पुरा पढ्नुहाेस्

प्रभु लाइफ इन्स्योरेन्सको ६० करोड रुपैयाँको आइपीओ आउने

असोज ३०, काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाडौं म्यारियट होटल, नक्साल, काठमाडौंमा कम्पनीका अध्यक्ष डा. आत्माराम घिमिरेको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो । प्रभु लाइफ इन्स्योरेन्सको ६० करोड रुपैयाँको आइपीओ आउने भएको पनि जानकारी गराईएको छ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडका संचालक समितिमा अध्यक्ष डा. आत्माराम घिमिरे लगायत संचालक सदस्यहरुमा सुभाष अमात्य, रामेश्वर सापकोटा, नरेश बहादुर मल्ल तथा प्रभु बैंकका तर्फबाट मनिराम पोखरेल रहेका छन् ।

पुरा पढ्नुहाेस्

प्रभु लाइफ इन्स्योरेन्सको नयाँ तीन शाखा शुभारम्भ

पुस १०,सुर्खेत । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना नयाँ तीन शाखा कार्यालयहरुःसुर्खेत शाखा, टिकापुरउप–शाखा तथा अत्तरियाउप–शाखाहरुको शुभारम्भ गरी कारोबार शुरु गरेको छ। सुर्खेत, टिकापुर तथा अत्तरिया तीनवटै कार्यालयहरुको समुद्घाटन कम्पनीका अध्यक्ष डा. आत्मा राम घिमिरेबाट भएको थियो । अध्यक्ष डा. आत्मा राम घिमिरेले प्रभु लाइफ इन्स्योरेन्सले आफ्नो शाखाहरु विस्तारको क्रममा रहेको र अरु जीवन बीमा कम्पनीहरुका भन्दा राम्रा बीमा योजना भएको तथ्य प्रकाश पार्दै पश्चिम नेपालका बिभिन्न स्थानहरुमा भएका शाखा बिस्तारबाट आफू हर्षित भएको र यस क्षेत्रका बासिन्दाहरुलाई समेत प्रभु लाइफ इन्स्योरेन्सको बीमा सेवाबाट लाभ लिन आग्रह समेत गरे ।…

पुरा पढ्नुहाेस्