कृषि, प्राविधिक विश्वविद्यालय स्थापना सम्बन्धी अध्यादेश सिफारिस

कात्तिक ९, जनकपुरधाम । प्रदेश २ सरकारले अध्यादेशको माध्यमबाट कृषि र प्राविधिक विश्वविद्यालय स्थापनाको प्रक्रिया थालेको छ । राजविराजमा कृषि विश्वविद्यालय र वीरगञ्जमा प्राविधिक विश्वविद्यालय स्थापना गर्ने प्रक्रियालाई अगाडि बढाउन प्रदेश सरकारले प्रदेश प्रमुख समक्ष अध्यादेश सिफारिस गरेको छ । मंगलबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले यी दुबै विश्वविद्यालय स्थापना गर्ने सम्बन्धी अध्यादेश जारी गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो । प्रदेश सरकारका प्रवक्ता एवं अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले प्रदेश प्रमुखबाट अध्यादेश जारी भए लगत्तै दुबै विश्वविद्यालय स्थापनाको बाटो खुल्ने बताए । कृषि तथा प्राविधिक सम्बन्धी उच्चस्तरीय…

पुरा पढ्नुहाेस्