नेपालले आज थाइल्याण्डको सामना गर्ने

चैत १०, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबलमा आज बिहीबार थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । थाइल्याण्डको चोनबरीमा नेपालल र थाइल्याण्डबीचको खेल ५:४५ बजे सुरु हुनेछ । नेपाल र थाइल्याण्ड दुबै एएफसी एसिया कप–२०२३ को तेस्रो चरणमा प्रतिस्पर्धा गर्दैछन् । सोही प्रतियोगितालाई मध्येनजर गर्दै मैत्रीपूर्ण खेल खेल्न लागेका हुन् । यस अघिका दुई भेटमा भने नेपालविरुद्ध थाइल्याण्ड विजयी भएको थियो । यस्तै नेपालले थाइल्याण्डको क्लब चोनबरी एफसीसँग पनि मैत्रीपूर्ण खेल खेल्नेछ । उक्त खेल आइतबार हुनेछ । एसियन कप छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको…

पुरा पढ्नुहाेस्

युभेन्ट्सले स्पेजियालाई हरायो, मिलान शीर्ष स्थानमा

फागुन २३, काठमाडौं । इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले जित निकालेको छ । आइतबार राति भएको खेलमा युभेन्ट्सले स्पेजियालाई १-० गोल अन्तरले हराएको हो । घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन अल्भारो मोराटाले निर्णायक गोल गरे । मोराटाले खेलको २१ औं मिनेटमा गोल गरे । यस जितसँगै युभेन्ट्सले २८ खेलमा ५३ अंक जोडेको छ । युभेन्ट्स चौंथो स्थानमा रहेको छ । स्पेजिया २६ अंक जोडेर १६ औं स्थानमा रहेको छ । यस्तै, आइतबारै राति भएको अर्को खेलमा एसी मिलानले नापोलीलाई १-० गोल अन्तरले हरायो । मिलानको जितमा ओलिभर जिरुडले निर्णायक गोल…

पुरा पढ्नुहाेस्

इन्टरले सालेरनिटानालाई हरायो

फागुन २१, काठमाडौँ । इटालियन सिरी ए फुटबलमा इन्टर मिलान फराकिलो जित निकालेको छ । शुक्रबार राति भएको खेलमा इन्टरले सालेरनिटानालाई ५-० गोल अन्तरले हराएको हो । खेलको २२ औं मिनेटमा लाउटरो मार्टिनेजले गोल गर्दै टोलीलाई १-० को अग्रता दिलाएका थिए । खेलको ४० औं मिनेटमा मार्टिनेजले व्यक्तिगत दोस्रो गोल गर्दा इन्टरको अग्रता दोब्बर बन्यो । ५६ औं मिनेटमा मार्टिनेजले ह्याट्रिक पूरा गर्दा इन्टर ३-० ले अघि रह्यो । खेलको ६४ औं मिनेटमा इडेन जेकोले गोल गरेपछि इन्टरले ४-० को अग्रता बनायो । त्यसपछि खेलको ६९ औं मिनेटमा जेकोले व्यक्तिगत…

पुरा पढ्नुहाेस्

च्याम्पियन्स लिगः पीएसजीको जित

फागुन ४, एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित निकालेको छ । मंगलबार राति भएको पहिलो लेगमा पीएसजीले स्पेनिस क्लब रियल मड्रिडलाई १-० गोल अन्तरले हराएको हो । घरेलु मैदानमा पीएसजीलाई जित दिलाउन केलियन एमबापेले निर्णायक गोल गरे । एमबापेले खेलको इन्जुरी समयमा गोल गरेका थिए । त्यसअघि खेलको ६२ औं मिनेटमा पीएसजीका लियोनल मेस्सी पेनाल्टीमा गोल गर्न चुकेका थिए । यस जितसँगै पीएसजीले अन्तिम आठमा पुग्ने सम्भावना बलियो बनाएको छ । दुई टोलीबीचको दोस्रो लेग खेल मार्च…

पुरा पढ्नुहाेस्

रोमालाई हराउँदै इन्टर मिलान सेमिफाइनलमा

माघ २६, काठमाडौँ । इन्टर मिलान कोपा इटालिया फुटबलको सेमिफाइनलमा पुगेको छ छ । मंगलबार राति भएको क्वाटरफाइनलमा रोमालाई २-० गोल अन्तरले हराउँदै इन्टर अन्तिम चारमा पुगेको हो । इन्टरको जितमा इडेन जेको र एलेक्सिस सान्चेजले एक एक गोल गरे । खेलको दोस्रो मिनेटमा इडेनले गोल गर्दै इन्टरलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ६८ औं मिनेटमा सान्चेजले गोल गर्दै इन्टरलाई २-० को जित दिलाए । अब इन्टरले सेमिफाइनलमा एसी मिलान र लाजियोबीचको विजेतासँग खेल्नेछ ।  

पुरा पढ्नुहाेस्

मरिससविरुद्ध भिड्दै नेपाल

माघ १८, काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमले आज मंगलबार अफ्रिकी राष्ट्र मरिससविरुद्ध दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र मरिससबीचको खेल ४:४५ बजे सुरु हुनेछ । घरेलु टोली नेपाल मरिससविरुद्ध लगातार दोस्रो जितको खोजीमा छ । शनिबार भएको पहिलो मैत्रीपूर्णमा नेपालले मरिससलाई १-० गोल अन्तरले हराएको थियो । नेपालको जितमा विमल घर्तिमगरले निर्णायक गोल गरेका थिए । यता, मरिसस पनि दोस्रो खेलमा जित निकाल्न चाहन्छ । नेपाललाई हराएर मरिसस पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ । मरिससविरुद्धको दोस्रो खेलका लागि नेपाली टोलीमा दुई खेलाडी परिवर्तन…

पुरा पढ्नुहाेस्

‘बेस्ट फिफा अवार्ड’को मनोनयन सार्वजनिक, को-को परे ?

‘पुस २४, काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले ‘दि बेस्ट फिफा अवार्ड’ का लागि अन्तिम तीनको मनोनयन सार्वजनिक भएको छ । फिफाले सार्वजनिक गरेको वर्ष पुरुष खेलाडीको अन्तिम तीन मनोनयनमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)का अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सी, जर्मन क्लब बायर्न म्युनिखका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्की र इङ्ग्लिस क्लब लिभरपुलका इजिप्टियन फरवार्ड मोहम्मद सलाह परेका छन् । वर्ष खेलाडी महिलातर्फ साम केर, जेनिफर हेर्मोसो र एलेक्सिया पुटेलास छन् । त्यस्तै वर्ष पुरुष प्रशिक्षकको अन्तिम मनोनयनमा पेप ग्वार्डिओला, रोबर्टो मान्सिनी र थोमस टुचेल रहेका छन् । महिला…

पुरा पढ्नुहाेस्

इटालियन सिरी एः युभेन्ट्सको जित

मंसिर २०, एज्न्सी । इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले जिनोआलाई हराएको छ । आइतबार राति भएको खेलमा युभेन्ट्सले जिनोआलाई २-० गोल अन्तरले हराएको हो । घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन हुवाँ क्वार्डाडो र पाउलो डिबालाले एक एक गोल गरे । खेलको नवौं मिनेटमा क्वार्डाडोले गोल गर्दै युभेन्ट्सलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ८२ औं मिनेटमा डिबालाले गोल गर्दै युभेन्ट्सलाई २-० को जित दिलाए । यस जितसँगै युभेन्ट्सले १६ खेलमा २७ अंक जोडेको छ । युभेन्ट्स लिगको पाँचौं स्थानमा उक्लिएको छ । जिनोआ १० अंक जोडेर १८ औं स्थानमा…

पुरा पढ्नुहाेस्

फिफा वर्ष खेलाडीको मनोनयन सार्वजनिक

मंसिर ७, एजेन्सी । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले वर्ष खेलाडी अवार्डको मनोनयन सार्वजनिक गरेको छ । फिफाले सोमबार ‘द बेस्ट फिफा ‘अवार्डको मनोनयन सार्वजनिक गरेको हो । फिफाले सार्वजनिक गरेको मनोनयनको पुरुषतर्फ साविक विजेता रोबर्ट लेवान्डोस्कीसहित ११ खेलाडी परेका छन् । मनोनयनमा लेवान्डोस्कीसँगै क्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सी, करिम बेन्जिमा, केभिन डे ब्रुएन, अर्लिङ हालाण्ड, जोर्गिन्हो, एन्गालो कान्टे, केलियन एमबाप्पे, नेयमार र मोहमद सलाह परेका छन् । फिफाले विजेताको नाम १७ जनवरीमा घोषणा गर्नेछ । फिफाले सदस्य राष्ट्रको कप्तान, प्रशिक्षक, खेल पत्रकार र समर्थकको भोटका आधारमा फिफा वर्ष खेलाडी घोषणा…

पुरा पढ्नुहाेस्

चार क्लबलाई एएफसीको क्लब लाइसेन्स

कार्तिक १९, काठमाडौं । ए डिभिजनका चार क्लबलाई एएफसीको क्लब लाइसेन्स दिइएको छ । एएफसीको क्लब लाइसेन्स प्राप्त गर्नेमा मछिन्द्र फुटबल क्लब, त्रिभुवन आर्मी क्लब, मनाङ मर्स्याङदी फुटबल क्लब र एपिएफ फुटबल क्लब रहेका छन् । क्लब लाइसेन्स प्राप्त गर्ने क्लबहरुले जारी सिजनमा एएफसीले आयोजना गर्ने क्लबस्तरीय प्रतियोगितामा सहभागिता जनाउन पाउने बताइएको छ । क्लब लाइसेन्सिङको मापदण्डमा युवा खेलाडी विकासदेखि क्लबलाई ब्यवस्थित बनाउन आवश्यक पर्ने जनशक्तिको ब्यवस्था गर्नुपर्ने उल्लेख छ । क्लब लाइसेन्स लागु भएसँगै ब्यवस्थित ढङ्गले फुटबल सञ्चालन गर्न बाटो खुल्ने एएफसीको अपेक्षा छ । अखिल नेपाल फुटबल संघ…

पुरा पढ्नुहाेस्