फोहोर बोकेका गाडीहरू आजबाट सहज रुपमा बञ्चरेडाँडा पुग्न थाले

भाद्र ३, काठमाडौ । काठमाडौं उपत्यकाको फोहोर बोकेका गाडीहरू आजबाट सहज रुपमा बञ्चरेडाँडा पुग्न थालेका छन् । स्थानीयले अवरोध हटाएसँगै आजबाट नियमित रुपमा फोहोर बोकेका गाडी ल्यान्डफिल साइट बञ्चरेडाँडामा पुग्न थालेका हुन् । शुक्रबार बिहान फोहोर बोकेर गएका गाडीमा कुनै अवरोध नभएको काठमाडौं महानगरपालिकाले जनाएको छ । काठमाडौं महानगर, स्थानीय बासिन्दासहित सरोकारवाला निकायबीच भएको सहमतिपछि नियमित रुपमा फोहोर बोकेका गाडी बञ्चरेडाँडा पुग्न थालेका हुन् । काठमाडौंका मेयर बालेन्द्र शाहका अनुसार सहमतिपछि बिहीबार २ सय ८४ वटा गाडी बञ्चरेडाँडा पुगेका थिए। योसँगै महिनौंदेखि काठमाडौंमा थुप्रिएको फोहोर व्यवस्थापन हुने भएको छ ।

पुरा पढ्नुहाेस्